आज मिति : २०८२ कार्तिक २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

मानसिक स्वास्थ्य सेवा बिस्तारमा सुदूरपश्चिम #MentalHealth

डोटी जिल्ला अन्तर्गत कार्यरत चिकित्सक र हेल्थ असिस्टेन्टहरुलाई ६ दिने मानसिक स्वास्थ्य सम्बन्धि तालिम प्रदान गरेको छ।

Nam Raj Bhatta by Nam Raj Bhatta
January 2, 2021
in News, Research & Study
A A
6
मानसिक स्वास्थ्य सेवा बिस्तारमा सुदूरपश्चिम #MentalHealth
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

डोटी , १८ पौष २०७७

स्वास्थ्य कार्यालय डोटीको आयोजना र स्वास्थ्य सेवा बिभाग , इपिडेमियोलोजी तथा रोग नियन्त्र महाशाखा टेकु काठमाडौंको आर्थिक तथा प्राबिधिक सहयोगमा डोटी जिल्ला अन्तर्गत कार्यरत चिकित्सक र हेल्थ असिस्टेन्टहरुलाई ६ दिने मानसिक स्वास्थ्य सम्बन्धि तालिम प्रदान गरेर डोटी जिल्लाको सबै स्थानीय तह सम्म मानसिक स्वास्थ्य सेवा बिस्तार गरेको छ ।

विश्व स्वास्थ्य संगठनले दिएको स्वास्थ्यको परिभाषामा हरेक मानिसको शारीरिक , मानसिक , सामाजिक , सम्बेगात्मक र अध्यात्मिक स्वास्थ्य असल भयो भने मात्र मानिसलाई स्वस्थ भन्न सकिन्छ । त्यसै गरि रोग र दुर्वलत़ा पनि हुनु हुदैन । मानिस स्वस्थ हुनका लागि आवश्यक पर्ने यी सबै पक्ष हरु स्वस्थ र तन्दुरुस्त राख्नको लागि व्यक्ति स्वयमले पनि प्रयास गर्नुपर्ने , सरकारी स्वास्थ्य सेवाले पनि यो सबै पक्षलाई समेटेर मानिसहरुलाई स्वास्थ्य राख्नमा बिशेष योगदान दिनु पर्ने हुन्छ तथापि बिगत समयमा व्यक्तिको शारीरिक पक्षलाई मात्र ध्यान दिएर स्वास्थ्य सेवा दिने गरिएको थियो । शारीरिक पक्ष बाहेक अन्य पक्षलाई ध्यान दिन नसकेको अवस्थाले गर्दा समाजमा मानसिक रोगको प्रभाव बढ्दै गएको कुरा बिभिन्न अध्ययनले देखाएको छ । समाजमा बढ्दै गएको मानसिक समस्यालाई सम्बोधन गर्न नेपाल सरकारले मानसिक स्वास्थ्य सेवाको ६ दिने आधारभूत तालिमको प्याकेज बनाएर हरेक पालिका र पालिका अन्तर्गत कार्यरत चिकित्सक र हेल्थ असिस्टेन्ट हरुलाई तालिम दिंदै आएको छ । सोहि क्रममा डोटी जिल्ला अन्तर्गतका ९ वटा पालिकामा कार्यरत ७ जना चिकित्सक सहित कुल २३ जना स्वास्थ्य कर्मीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि आधारभूत तालिम दिइएको स्वास्थ्य कार्यालय डोटीमा कार्यरत परिवार नियोजन निरीक्षक सुर्य बिष्टले जानकारी दिनु भएको छ ।

सुदुरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थी ज्यू आफ्नो सम्बोधन राख्दै
सुदुरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थी ज्यू आफ्नो सम्बोधन राख्दै

मानसिक स्वास्थ्य सम्बन्धि आधारभूत तालिममा इपिडेमीयोलोजी तथा रोग नियन्त्र महाशाखा टेकु काठमाडौंका नसर्ने रोग तथा मानसिक रोग शाखा प्रमुख डा. फणिन्द्र बराल , बरिष्ठ मानसिक रोग विशेषज्ञ डा बासुदेव कार्की , बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. दिनेश गिरीले प्रशिक्षण दिएका थिए ।

मानसिक स्वास्थ्य सम्बन्धि आधारभूत तालिम समापन सत्रमा स्वास्थ्य निर्देशनालय राजपुर डोटीका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी ज्युले अहिले बिश्वब्यापी रुपमा मानसिक रोगीको संख्या बढ्दै गएको , नेपाल लगायत सुदूरपश्चिम प्रदेशमा पनि यसको समस्या वृद्धि हुदै गएकोले डोटी जिल्लामा संचालन भएको यस प्रकारको तालिमले केहि हद सम्म भए पनि मानसिक रोगको समस्या न्युनिकरणमा सहयोग पुग्ने , मानसिक रोगको उपचारको लागि प्रदेश मार्फत हरेक स्थानीय तह सम्म बिभिन्न ०८ प्रकारको औषधि उपलब्ध गराइने र तालिम प्राप्त स्वास्थ्यकर्मीले आवश्यकतानुसार उक्त औषधिको प्रयोग गर्नु पर्ने समापन मन्तब्य मा उल्लेख गर्नु भएको छ । साथै उँहाले तालिमका सबै सहभागीहरुलाई स्वास्थ्य संस्थाबाट सम्पादन गर्नु पर्ने काम र क्रियाकलापहरु समयमै सम्पन्न गर्नुपर्ने , अभिलेख राख्नु र्ने र प्रतिबेदन निर्धारित समय भित्र नै सम्बन्धित प्रतिबेदन प्रणाली भित्र प्रविष्टि गरि सक्नु पर्ने तथा आफु सदैब सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवालाई गुणस्तरीय र नमुना स्वास्थ्य सेवा बनाउने अभियानमा लागि परेको हुनाले सो अभियानमा सबैले आ -आफ्नो तर्फ बाट सक्दो सहयोग गर्नु पर्ने र सबै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुले आफुलाई तोकिएको जिम्मेवारी ठिक समयमा सम्पादन गर्नु पर्नेमा जोड दिनु भएको छ ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19DipayalDr.Basu Dev karkiDr.Dinesh giriDr.gun Raj awsthiDr.Phadindra baralMental HealthSurya Bista
Nisarga hospital Dhangadhi
Previous Post

डी एच आइ एस २ को सुबिधा बिस्तार गर्दै सुदूरपश्चिम #Farwestern

Next Post

जब ब्रेनको ट्युमर निकाल्दा निकाल्दै बिरामीले गाइन यस्तो गीत

Related articles

dr-jaggatnath-tiwari
News

डा. तिवारी लुम्बिनी प्रदेशमै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट

17 hours ago
782
नेपाल न्युरोसर्जन समाजको अन्तर्राष्ट्रिय सम्मेलन भोलि देखि शुरु हुँदै
News

नेपाल न्युरोसर्जन समाजको अन्तर्राष्ट्रिय सम्मेलन भोलि देखि शुरु हुँदै

1 day ago
799
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त
News

अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बाराकोटीको राजीनामा स्वीकृत

3 days ago
795
रेडियोलोजिस्टहरूले अन्तर्राष्ट्रिय रेडियोलोजी दिवससँगै पहिलो फिटल इमेजिङ समिट मनाए
News

रेडियोलोजिस्टहरूले अन्तर्राष्ट्रिय रेडियोलोजी दिवससँगै पहिलो फिटल इमेजिङ समिट मनाए

6 days ago
807
सेती अस्पतालको रेडियोलोजी बिभागले मनायो विश्व रेडियोलोजी दिवस
News

सेती अस्पतालको रेडियोलोजी बिभागले मनायो विश्व रेडियोलोजी दिवस

6 days ago
813
बर्दिया अस्पताल प्रदेश स्तरीय मूल्याङ्कनमा लगातार तेस्रोपटक उत्कृष्ट स्थानमा
News

बर्दिया अस्पताल प्रदेश स्तरीय मूल्याङ्कनमा लगातार तेस्रोपटक उत्कृष्ट स्थानमा

7 days ago
793
Next Post
Doctors operate brain tumor while the patient sings song

जब ब्रेनको ट्युमर निकाल्दा निकाल्दै बिरामीले गाइन यस्तो गीत

Comments 6

  1. Pingback: सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits • Health News Nepal
  2. Pingback: सुदुरपश्चिम प्रदेशमा ‌कोरोना बिरुद्धको पहिलो खोप स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थीबाट #Covidvaccin
  3. Pingback: भाेली बिहान १० बजे सुदुरपश्चिम प्रदेशमा कोरोना बिरुद्धको पहिलो खोप स्वास्थ्य निर्देशक डा.गुण र
  4. Pingback: सुदूरपश्चिम प्रदेशमा १ लाख २ हजार किटनाशक झुल वितरण हुदै #Mosquitonet • Health News Nepal
  5. Pingback: नेपाल परिवार नियोजन संघको महानिर्देशकमा डा. नरेशप्रताप केसी नियुक्त #Familyplanning • Health News Nepal
  6. Pingback: गैर नाफामुलक संस्था नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थको स्थापना • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,297)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...