नेपाल औषधि व्यवसायी संघको २१औं साधारणसभा तथा आठौं जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ ।
अधिवेशनबाट अध्यक्षमा इन्द्रराज गैरे चयन भएका छन् । त्यसैगरी निवर्तमान अध्यक्षमा विनोद तिमलसेनाको कार्यकाल सकिएपछि नयाँकार्यसमिति चयन भएको हो।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लक्ष्मि लाल श्रेष्ठ, उपाध्यक्ष (थोक) मा तारानाथ अधिकारी तथा उपाध्यक्ष (खुद्रा) मा रूद्र प्रसाद सापकोटा निर्वाचित भएका छन् । यस्तै, महासचिवमा टेक प्रसाद सापकोटा (बासु), कोषाध्यक्षमा विनोद पन्त, सचिवमा मेघनाथ पौडेल तथा सह–कोषाध्यक्षमा राजेश पौडेल चयन भएका छन् ।
सदस्यहरूमा थोकतर्फ विज्ञान पौडेल र श्रीनिवास पौड्याल, खुद्रातर्फ हरी प्रसाद ढकाल र प्रेम थापा तथा खुल्ला सदस्यमा श्रीकृष्ण गौतम, धनमायाँ लुईटेल र शारदा ढकाल आचार्य निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिले औषधि व्यवसायलाई थप व्यवस्थित, मर्यादित र सेवामुखी बनाउँदै व्यवसायीहरूको हकहित संरक्षणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।






