काठमाडौं, ११ असार २०८१
राष्ट्रिय चिकित्सा आयोगले सूचना जारी गरी शैक्षिक सत्र २०८१/०८२ का लागि चिकित्सा शिक्षाको शुल्क निर्धारण गरिएको जनाएको छ ।
आयोगले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको हो ।
एमबीबीएसको उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० र उपत्यका बाहिर ४५ लाख ९५ हजार ७२० शुल्क तोकिएको छ। उपत्यका बाहिर ४५ लाख ९५ हजार ७२० शुल्क तोकिएको छ ।
त्यस्तैगरी, बीडीएसमा २० लाख ९२ हजार २९०, बीएस्सी नर्सिङमा १० लाख ३६ हजार शुल्क तोकिएको छ ।
बीएस्सी एमआइटी, बीपीटी, बी.मेडिकल माइक्रोलोजी र बी। बायोकेमेस्ट्री, बीपीएच, बीफार्मेसी, विपर टेक, बीएएसएलपी लगायतको शुल्क सात लाख ७७ हजार तोकिएको छ।
स्नातकोत्तर तहतर्फ एमएस्सी मेडिकल माइक्रोबायोलोजी र एमएस्सी मेडिकल बायोकेमेस्ट्री, एमएस्सी एमआईटी, एमएस्सी एमएलटीको सात लाख ५७ हजार ८३० तोकिएको छ।
स्नातकोत्तर तहभन्दा माथि एमफिल क्लिनिकल साइकोलोजीको तीन लाख चार हजार २२० र डीएमको २५ लाख ९० हजार शुल्क तोकिएको आयोगले जनाएको छ।