काठमाडौं, २१ असार २०८२
नेपाल चिकित्सक सङ्घको आह्वानमा आन्दोलनरत चिकित्सकहरूले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेका छन् ।
सोमबार बसेको नेपाल चिकित्सक सङ्घको आकस्मिक बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
जस अन्तर्गत असार २४ गते मङ्गलवार चिकित्सकहरूले मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमै बुझाउने लगायतका घोषणा गरेका छन् । उपभोक्ता अदालतको निर्णयलाई चुनौती दिँदै चिकित्सकहरू आन्दोलनमा छन् ।