काठमाडौं, ७ फागुन २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल मेडिकल काउन्सिलमा रिक्त रहेको चार जना सदस्य नियुक्त गरेका छन् । सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै पौडेलले रिक्त चार जना सदस्य नियुक्त गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार सदस्य पदमा नियुक्त हुनेहरुमा प्राडा. आनन्द शर्मा (आँखा रोग विशेषज्ञ) प्राडा. पलेश्वाँ जोशी (त्रिवि आईओएम), डा. सन्तोष राज भण्डारी (डेन्टल सर्जन) र उपभोक्ताबाट रामेश्वर अधिकारी रहेका छन् ।
सदस्यहरु मन्त्रिपरिषदबाट नियुक्ती हुने प्रचलन रहे पनि पछिल्लो पटक आएको विधेयकले मन्त्रिस्तरीय निर्णय गर्न सक्ने अधिकार दिएपछि मन्त्री पौडेलले सो नियुक्त गरेको बताइएको छ।