काठमाडौं, २० मंसिर २०८१
बाँसवारीस्थित रहेको नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परिक्षामा ७०.५६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।
काउन्सिलले प्रकाशित गरेको नतिजा अनुसार विशेष परीक्षामा २४८ जना परिक्षार्थी सहभागि भएका थिए ।
मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले परीक्षाका लागि २५० जनाले फारम भरेका थिए जसमध्ये १७५ जना उत्तीर्ण भएको जानकारी दिनुभयो।
नेपाल इन्जिनियरिङ अध्ययन् संस्थान पुल्चोकमा विहान ११ बजे देखि १ बजेसम्म भएको परीक्षामा चिकित्सा शिक्षा तर्फको विभिन्न २८ विषयमा स्नातकोत्तर गरेका चिकित्सकहरु सहभागि थिए।