जनकपुर, २७ पुस २०८२
नेपाल चिकित्सक संघ जनकपुर शाखाको नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको अध्यक्ष पदमा वरिष्ठ छालारोग विशेषज्ञ डा. रामज्ञान यादव चयन भएका छन्।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा. विजय कुमार कापर, उपाध्यक्षमा डा. निरञ्जन कुमार गोइत, महासचिवमा डा. विजय कुमार साह र कोषाध्यक्ष पदमा डा. रतीश सिंह राजपूत चयन भएका छन्।
नयाँ कार्यसमितिको सह-सचिवमा डा. रबिन झा र सह-कोषाध्यक्षमा डा. शम्भु साह चयन भएका छन्।
यस्तै सदस्यहरूमा डा. जितेन्द्र ठाकुर, डा. रबिन प्रसाद साह, डा. बलराम मण्डल, डा. ममता कुमारी साह, डा. राम प्रताप साह र डा. अश्विनी कुमार रञ्जन चयन भएका छन्















