कैलाली, २२ मंसिर २०८२
धनगढीको चटकपुरस्थित रहेको माया मेट्रो अस्पतालका कार्यकारी निर्देशक एवम् वरिष्ठ बालरोग विशेषज्ञ डा. मोहन साउँद सम्मानित भएका छन।
सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै डा. साउँदलाई सम्मानित गरेको हो।
कैलालीमा जारी सुदूरपश्चिम महोत्सवको अवसरमा अर्थमन्त्री रामेश्वर खनालले आज डा. साउँदलाई सम्मानपत्र प्रदान गरेका हुन्।
कैलाली उद्योग वाणिज्य सचिव कैलाश चन्दले स्वास्थ्य सेवा सुधार र समुदायको हितमा डा. साउँदले खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको भन्दै सम्मान गरेको बताउनु भयो।











