धनगढी ,२० भाद्र २०७७
मालाखेती अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नं ३ मा रहेको मालाखेती अस्पतालका स्वास्थ्यकर्मी बिभिन्न ५ बुदे मागहरु राख्दै आन्दोलनमा उत्रिएका हुन ।
स्थानिय तहमा जनप्रतिनिधि आएपछि गोदावरी नगरपालिका मातहत गएको उक्त अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन, २४ सै घण्टा फार्मेसी संचालन तथा फार्मेसी सुदृढिकरण, आकस्मिक सेवा पर्चा र सेवा शुल्कको बिल काट्ने कर्मचारीको ब्यबस्था, अतिरिक्त सेवा भत्ता र आफुहरुले अतिरिक्त सेवा गरे बाफत पाउनुपर्ने सेवा सुबिधाको सुनिश्चितता गरि ५ बुँदे माग राख्दै स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन् ।
यसअघि पनि दवावमुलक कार्यक्रम गरिसकेका अस्पतालमा कार्यरत चिकित्सक र पारामेडिक्सहरु फेरि आन्दोलनमा उत्रिएका हुन । आफुहरुले माग सम्बोधनका लागि बिभिन्न दबाब मुलक कार्यक्रमहरु गर्दै आएको अस्पतालमा कार्यरत एक जना स्बास्थ्यमकर्मीले बताए ।
आफुहरुले पटकपटक नगरपालिकामा लिखित तथा मौखिक रुपमा मागरहरु राखेको भएतापनि कुनै सुुनुवाई नभएको भन्दै आन्दोनमा उत्रिएको उनले बताए । माग पुरा नहुदा सम्म हातमा कालो पट्टी बाँधेर सेवा दिने र भदौ २३ गतेदेखि दैनिक एक घण्टा ओपिडी सेवा बन्द गर्ने बताएका छन् ।
यता गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिर बहादुर कुबरले यस बिषयमा नगरपालिकामा छलफल भैरहेको बताएका छन । उनले ओभर टाईममा काम गरे बाफत स्वास्थ्यकर्मीहरुले पाउनुपर्ने अतिरिक्त भत्ता उपलब्ध गराइने र बिचमा लकडाउन भएका कारण समस्या भएको बताए ।