कञ्चनपुर, १६ फागुन २०७७
सुदूपश्चिमाञ्चलका सरकारी अस्पतालहरु मध्ये पहिलाे पटक महाकाली अस्पतालले चौवीसै घण्टा इमर्जेन्सी फास्ट स्क्यान अल्ट्रासाउन्ड सेवा शुरु गरेको छ। विगतका दिनहरूमा केवल ओ पी डी समय १० देखि ३ बजे सम्म मात्र विरामी हरूले अल्ट्रासाउन्ड सेवा पाउँदै गरेका थिए भने बिहान १० बजे भन्दा अघि र तीन बजे पछि र शनिबारका दिन इमर्जेन्सी परेर आएका विरामीहरु बाहिर निजी क्लिनकमा गएर अल्ट्रासाउन्ड गराउन बाध्य थिए। अब भने इमर्जेन्सीमा आउने विरामी हरुलाई अल्ट्रासाउन्ड गर्नु पर्ने अवस्था देखिएमा विरामीले अन्यत्र भौंतारिनु पर्ने अवस्थाकाे अन्त्य भएको छ।
यसलाई थप अझै प्रभावकारी बनाउन तथा यसलाई निरन्तरता दिन एमबिबिएस चिकित्सकहरुलाई पनि अल्ट्रासाउन्ड सम्बन्धी तालिम दिन आवश्यक छ।
महाकाली अस्पतालले यसका लागी स्वास्थ्य निर्देशनालय तथा तालिम केन्द्र धनगढीलाई ध्यान आकर्षण गराउनु जरुरी छ।
स्वास्थ्य तालिम केन्द्र धनगढीले हाललाई अनमी, नर्सिङ तथा प्यारामेडिकहरुलाई मात्र अल्ट्रसाउन्ड तालिम दिई रहेको छ।
यो तालिम मेडिकल अधिकृतहरुले पनि पाउने हो भने धेरै विरामी हरूले गुणस्तरीय सेवा पाउने छन् भन्ने विश्वास कन्सल्ट्यान्ट डा. बिरेन्द्र सिंह बुडाल काे रहेको छ।
Comments 10