काठमाडौं, २ जेष्ठ २०८१
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा. बासुदेव उपाध्याय नियुक्त भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा गत २७ बैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी दिएको हो । डा. उपाध्याय लामो समय देखि आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागमा महानिर्देशक पदमा कार्यरत थिए ।
उपाध्यायलाई सचिवको जिम्मेवारी दिएसंगै लुम्बिनीका स्वास्थ्य सचिव डा. जनार्दन पन्थी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय फिर्ता भएका छन् ।
२७ बैशाखको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेशको स्वास्थ्य सचिव पनि परिवर्तन गरेको छ । त्यहाँ डा. राधिका थपलियालाई सचिवको जिम्मेवारीमा पठाएको छ भने डा. सुधा शर्मालाई स्वास्थ्य मन्त्रालय फिर्ता गरिएकोछ।