सरकारले लकडाउनको मोडालिटी परिर्वतन , खुकुलो पार्ने निर्णय

काठमाडौं , २९ जेठ

सरकारले लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय         गरेको छ । लकडाउन पुनःव्यवस्थित गर्ने निर्णय भएको          भन्दै एक मन्त्रीले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, व्यापारिक क्षेत्र खुकुलो गर्ने निर्णय भएको बताए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाका मापदण्ड अपनाएर पसल खोल्न दिने निर्णय गरेको हो ।यस्तै काठमाण्डौ उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर बिजोर प्रणाली लागू गरेर ट्याक्सी र मोटरसाइकललगायत निजी गाडी चलाइने भएको छ । विद्यालय, सिनेमा हललगायतका धेरै भिडभाड हुने स्थानहरु भने तत्काल खुल्ने छैनन् । मन्त्रिपरिषद् बैठकको विस्तृत जानकारी आज विहीवार दिइने एक मन्त्रीले बताए ।

Next Post

Discussion about this post

ADVERTISEMENT