महेन्द्रनगर , ७ मंसिर २०७७
सुदूरपश्चिम प्रदेश , सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालय राजपुर डोटी को आयोजनामा प्रयोगशालाकर्मी हरुको लागि ६ दिने क्षयरोग निदान सम्बन्धि तालिम संचालन गरिएको छ ।
स्वास्थ्य कार्यालय कंचनपुरको औलो माइक्रोस्कोपिक तालिम केन्द्रमा संचालन हुने उक्त तालिममा सुदूरपश्चिम प्रदेशका ९ जिल्ला बाट १३ जना सहभागी रहेका छन् । संघीयता पछी गठन भएका पालिकहरुले पालिका अन्तर्गत बिभिन्न स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा दिने गरि प्रयोगशाला कर्मीहरु नियुक्ति गरि क्षयरोग , औलो, कुष्ठरोग लगायत अन्य नियमित प्रयोगशालाको जांच सुबिधा दिदै आइरहेका छन् । त्यसै गरि समायोजनको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालहरुमा समेत नयाँ प्रयोगशालाकर्मिहरुले सेवा दिने काम गरिरहेका छन् । सेवा दिने क्रममा गुणस्तरीय कायम गर्नको लागि तालिमको आवश्यकता पर्ने गर्दछ ।
क्षयरोग निदानमा गुणस्तरीयता कायम गर्न , निदानमा आवश्यक पर्ने Reagent तयार गर्न र राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले तोकेको मापदण्ड बमोजिम LQAS पद्दती अनुसार क्रस चेक गर्न सक्ने किसिमको क्षमता बिकास गर्ने गरि तालिम को आयोजना गरिएको कुरा स्वास्थ्य निर्देशनालय राजपुर डोटीमा कार्यरत ल्याब असिस्टेन्ट श्री हिक्मत बडालले बताउनु भएको छ ।
नेपाल सरकारले सन् २०३० सम्ममा END TB STRATEGY लिएको र सो लक्ष्य पुरा गर्न संकास्पद क्षयारोगीहरुको खकारको नमुना जांच गरि रोग पत्ता लगाउनु आनिवार्य हुने गर्दछ । खकारमा रहेको क्षयरोगको ब्याक्टेरिया पहिचान गर्न सक्ने गरि प्रशिक्षण गरिने कुरा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक श्री राम प्रसाद ओझाले बताउनु भएको छ ।
कुल ६ दिन सम्म संचालन हुने तालिममा पहिलो ३ दिन Theory र पछिल्लो ३ दिन प्रयोगात्मक अभ्यास गर्ने गरि तालिम को आयोजना गरिएको छ । तालिममा स्वास्थ्य निर्देशनालय राजपुर डोटीका क्षय कुष्ठ निरीक्षक श्री मनोज प्रसाद ओझा, र ल्याब टेक्नेसियन निरीक्षक श्री कृष्ण गौतम ,प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका ल्याब टेक्नेसियन श्री हर्क बहादुर कुँवर , स्वास्थ्य कार्यालय कंचनपुरका ल्याब टेक्नेसियन निरीक्षक श्री नरेन्द्र रावल , श्री रघुबीर दत्त भट्ट , ल्याब असिस्टेन्ट श्री सुरेश चन्द्र लेखकले प्रशिक्षण दिने काम गरि रहेका छन् ।
कार्यक्रमको उद्घाटन सत्रमा स्वास्थ्य निर्देशनालय राजपुर डोटी का स्वास्थ्य निर्देशक डा. गुण राज अवस्थी ज्यु ले तालिमका सबै सहभागीहरुलाई तालिममा सिकाएका बिषय बस्तुहरु पूर्ण रुपमा बुझेर जान हुन् र कार्यक्षेत्रमा फर्की सके पछी क्षयरोग नियन्त्रणका लागि सबैले आ आफ्नो स्थान बाट प्रयास गरे मात्र सन् २०३० सम्मको लक्ष्य हासिल हुने कुरा बताउनु भएको छ र सो लक्ष्य पछ्याउनको लागि सबैले समयको महत्व बुझ्नु पर्ने र समयमै निर्धारण गरेको काम र प्राप्त जिम्मेवारी पुरा गर्ने पर्ने कुरामा समेत जोड दिनु भएको छ ।
Comments 1