काठमाडौं, २१ जेठ २०८१
कीर्तिपुरस्थित विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ भएको छ। चुनावमा गरेको बाचा अनुसार पदबहालीको ६ महिनामा कीर्तिपुरका मेयर कृष्णमान डंगोलले अस्पतालमा २४ घन्टे आकस्मिक सेवा शुभारम्भ गरेका हुन।
कीर्तिपुर नगरपालिकामा संघियता कार्यान्वयन हुनु अघि नै १५ शय्याको अस्पतालमा स्तरोन्नती भैइ संचालित बिष्णुदेवी अस्पतलमा जीर्ण भौतिक संरचनाको कारण स्वास्थ्य चौकी स्तरको दिवाकालिन सेवा मात्र संचालित रहेकोमा २०८१ को उपनिर्वाचनबाट निर्वाचित मेयर कृष्णमान डंगोलले चुनावमा गरेको बाचा अनुसार पदबहालीको ६ महिना पुगेको अवसरमा आज एक समारोहको आयोजना गरी विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवा शुभारम्भ गरेका हुन।
कीर्तिपुर नगरपालिका स्वास्थ्य शखाका अमृतजंग बस्नेतले भौतिक निर्माण, मर्मत संभार तथा केहि औजार उपकरण खरिद प्रकृयामा केहि समय लागेको हुनाले आज २४ घण्टे इमर्जेन्सी सेवा सुरु मात्र गरिएको र क्रमश विस्तार गर्दै चाडै इमर्जेन्सी, बर्थिङ सेन्टर, फार्मेसी, एक्स रे तथा इन्डोर सेवा सुचारु गरी भव्य रुपमा उत्घाटन गरिने बताउनु भयो।
अहिलेको लागि भने आजै देखि २४ घण्टे इमर्जेन्सी सेवा, सबै आधारभुत परिक्षण हुने प्रयोगशाला, भिडियो एक्सरे, इको स्क्रिनिङ तथा जनरल फिजिसियन, बालरोग, लगायतका विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध हुनेछन।
बस्नेतका अनुसार विष्णुदेवी अस्पताल मेयर डंगोलको एक प्रमुख एजेण्डा रहेकोले तथा आफु आधा कार्यकलको लागि निर्वाचित भएकोले बाकी रहेको २ वर्षको कार्यकालमा अस्पताललाई सुदृढ बनाउन लागि पर्ने र यसमा सबैले साथ दिन मेयर डंगोलले अनुरोध गरेका छन।