काठमाडौं, २९ बैशाख २०८२
काठमाडौंको मध्यबानेश्वरमा नेपालमै पहिलोपटक डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले किड्स क्लिनिक खुलेको छ।
रत्न राज्य क्याम्पसको अगाडि बाल उपचारका सबै सेवा दिने उद्देश्यले किड्स क्लिनिक सञ्चालनमा ल्याइएको डा. दिलिप न्यौपानेले बताउनु भयो।
क्लिनिकको पूरा नाम किड्स इन्टिग्रेटेड डिएम, एमसीएच सुपर स्पेसलिटी क्लिनिक हो। सेवा दिन सुरु गरेसँगै एउटै छानामुनि सबै प्रकारको बाल उपचार सेवा पाउन सक्ने अवस्था बन्ने डा. न्यौपानेले बताए ।
डा. न्यौपानेले यस क्लिनिकले सबै प्रकारको विशिष्टीकृत सेवा ग्याष्ट्रो किड्स, न्युरो किड्स, सिक किड्स, नियो किड्स, सर्जिकल किड्स र इमिनो किड्स सम्बन्धि चिकित्सक एकै स्थानमा सेवा दिन सक्ने बताए।
डा. न्यौपानेका अनुसार क्लिनिकले आइतबार देखि शुक्रबार सम्म दिउँसो २ बजेदेखि बेलुका ८ सम्म र शनिवार बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म ओपिडी सेवा दिनेछ। किड्स क्लिनिकमा रहेका आठ वटा विभागमा विशेष किसिमका विभागीय दक्षता हासिल गरेका चिकित्सकहरू आबद्ध रहेको पनि उनले बताए।
डा. न्यौपानेले जुनसुकै समस्या भएका बालबालिकालाई पनि उपचारका लागि अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए।