बिराटनगर, २८ बैशाख २०७९
प्राडा. शैलेन्द्र श्रेष्ठको नेतृत्वमा नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण सफलतापुर्वक सम्पन्न भएको छ।
डा. श्रेष्ठ नेतृत्वको टोलीले विराटनगरकी १९ वर्षीया युवतीको मिर्गौला प्रत्यारोपण गरेको हो। उनले विगत ४ महिनादेखि नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा हप्तामा दुई पटक नियमित डायलासिस गराउँदै आएकी थिइन्।
उनलाई ४४ वर्षकी आफ्नै आमाको मिर्गौला प्रत्यारोपण गरिएको हो। दुवै जना निको भएर डिस्चार्ज भइसकेका छन्।
प्रत्यारोपणमा नोबेलका तर्फबाट मिर्गौला प्रत्यारोपण सर्जन डा. रामसागर शाह, शल्यचिकित्सकका रुपमा डा. जीत श्रेष्ठ सहभागी थिए। काठमाडौंका डा. प्रेमराज ज्ञवाली, डा. भोजराज लुइटेल र डा. अर्चन अधिकारीको समेत सहभागी थिए।
नोबेलको तर्फबाट एनेस्थियोलोजिस्टको रुपमा डा. अन्जु ओझा, डा. नीलम क्षेत्री र डा. रुद्र विक्रम सिपल्या सहभागी थिए। टोलीमा मञ्जु शाही, क्रेस्टा राजवंशी र दीना कोइराला समेत सहभागी थिए।