२०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण महानुभावहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बाढी प्रभावित नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले बेत्रावतीस्थित होल्डिङ सेन्टरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
ख्वप अस्पतालका मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्लको नेतृत्वमा १३ सदस्यीय चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली शिविरमा सहभागी भएको थियो। टोलीले बाढीबाट प्रभावित तथा विस्थापित नागरिकहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक उपचार र स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरी आवश्यकताअनुसार निःशुल्क औषधिसमेत वितरण गरिएको थियो।
विपद्का कारण प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरबाट होल्डिङ सेन्टरमा आश्रय लिइरहेका नागरिक लाभान्वित भएका छन्।
देश र जनताको सेवामा समर्पित रहदैं आएको ख्वप अस्पतालले बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको स्वास्थ्य उपचार र आवश्यक सहयोगका लागि आगामी दिनमा समेत आवश्यकताअनुसार सेवा तथा सहयोगमा सक्रिय रहने छ।

#KhwopaHospital #HealthCamp






