भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएर वीर अस्पताल ल्याइएका २० जनामध्ये १७ जना उपचारपछि डिस्चार्ज भएका छन्।
वीर अस्पतालका निर्देशक डा. विकास नेपालले १७; जनाको स्वास्थ्य अवस्था राम्रो भएर घर फर्केका र उपचाररत तीन जनाको स्वास्थ्य अवस्था पनि क्रमिक रुपले सामान्य रहेको बताउनुभयो ।
यस्तै बाढीमा घाइते तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई जानकारी दिन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ।
सहायता कक्षमार्फत घाइतेको अवस्थाबारे जानकारी लिनुका साथै सम्पर्कविहीन व्यक्तिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरणको कामसमेत जारी रहेको छ।






