ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य उपचारका लागि काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालय र सामुदायिक स्वास्थ्य परिषदसँग सम्झौता गरेको छ ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको रोहवरमा महानगरपालिकाका तर्फबाट सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला, चिकित्सालयका तर्फबाट अध्यक्ष डा. मनोजमान श्रेष्ठ र परिषदका तर्फबाट उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतामा हस्ताक्षर गरेपछि धारणा राख्दै कार्यवाहक प्रमुख डंगोलले, अस्पतालमा पहिलो पटक जाँच गर्ने ज्येष्ठ नागरिक कार्यक्रमको मूल्याङ्कन सूचक रहेको बताए ।
‘अस्पताल आउने गर्नु भएका ज्येष्ठ नागरिकको सेवालाई अझ सहज र सरल बनाउँदै लैजानु पर्छ ।’ उहाँले भन्नुभयो, ‘रोग सहेर घरमै बसिरहने ज्येष्ठ नागरिकलाई अस्पतालसम्म ल्याउनु चाहिँ कार्यक्रम प्रभावकारिताको मूल्याङ्कन सूचक हो ।








