भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल नियुक्त भएका छन्।
यस्तै समितिको सदस्यमा नवराज तिमिल्सिना र अनिता खड्का नियुक्त भएका छन्। शुक्रबार मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूलाई समितिमा नियुक्त गरिएको हो।
नवनियुक्त समितिले अस्पतालको व्यवस्थापन, सेवा विस्तार तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।








