काठमाडौं, ०५ जेठ २०८२
भारतको प्रतिष्ठित बीएलके म्याक्स सुपर स्पेशलिटी हस्पिटलद्वारा आयोजित कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME) काठमाडौंको होटल हिल्टन नक्सालमा भव्य रूपमा सम्पन्न भएको छ।
यो कार्यक्रम नेपाली स्वास्थ्य क्षेत्रमा संलग्न विभिन्न विभागका विशिष्ट चिकित्सक, विशेषज्ञ तथा सर्जनहरूको उपस्थिति रहेको उक्त कार्यक्रम अत्यन्तै सफलतापुर्बक सम्पन्न बनेको छ ।
कार्यक्रममा क्लिनिकल तथा ट्रान्सप्लान्ट हेपाटोलोजी, ग्यास्ट्रोएन्टेरोलोजी, लिभर रोग, ग्यास्ट्रोइंटेस्टाइनल (GI) तथा हेपाटो–प्यान्क्रियाटो–बिलियरी (HPB) सर्जरी, लिभर ट्रान्सप्लान्ट लगायत विभिन्न विशेषज्ञता क्षेत्रमा कार्यरत चिकित्सकहरूको उल्लेखनीय उपस्थिति थियो।
यस्तै आन्तरिक चिकित्सा, ग्यास्ट्रोएन्टेरोलोजी र सर्जिकल विभागका अनुभवी चिकित्सकहरू पनि सहभागी थिए। कार्यक्रममा चिकित्सा विज्ञानमा पछिल्ला प्रविधि र उपचार विधिहरूको आदान–प्रदान हुनुका साथै महत्वपूर्ण विषयमा गहन छलफल भएको थियो।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा बीएलके म्याक्स सुपर स्पेशलिटी हस्पिटलका कलेजो प्रत्यारोपण सर्जन डा. अभिदीप चौधरी(उपाध्यक्ष तथा विभागीय प्रमुख) ले “कलेजो प्रत्यारोपणमा हालसालै भएका प्रगतिहरू ” (Recent Advances in Liver Transpnantation ) शीर्षकमा विशिष्ट प्रस्तुति दिनुभयो।
डा. चौधरीले लिभर ट्रान्सप्लान्टेसन सम्बन्धी पछिल्ला वैज्ञानिक प्रगतिहरू, न्यून आक्रमणकारी प्रविधिहरू, सफलताका दरहरू तथा पोस्ट-ट्रान्सप्लान्ट म्यानेजमेन्टका विषयमा विस्तृत जानकारी दिनुभयो।
डा. अभिदीप चौधरी हाल लिभर ट्रान्सप्लान्ट सोसाइटी अफ इन्डियाका President Elect हुनुहुन्छ र उहाँको नाममा २००० भन्दा बढी सफल लिभर ट्रान्सप्लान्ट गरेको अनुभब रहेको छ ।
उहाँको प्रस्तुति पछाडि उपस्थित चिकित्सकहरूबाट जिज्ञासु प्रश्नहरू समेत सोधिएको थियो र उक्त प्रश्न माथि समेत छलफल भई उक्त सत्र अत्यन्तै जीवन्त र ज्ञानवर्द्धक बनेको थियो । कलेजो प्रत्यारोपणको क्षेत्रमा नेपाल र भारतबीचको सहकार्य र भविष्यका सम्भावनाहरूलाई पनि विशेष रूपमा जोड दिइयो।
बीएलके म्याक्स सुपर स्पेशलिटी हस्पिटलको तर्फबाट आयोजना गरिएको यो CME कार्यक्रमले चिकित्सा पेशामा संलग्न चिकित्सकहरूलाई नवीनतम उपचार विधि, अनुसन्धान, तथा अन्तर्राष्ट्रिय अभ्यासहरूबारे जानकारी गराउनु मुख्य उद्देश्य रहेको थियो। यसले नेपालका चिकित्सा क्षेत्रका विज्ञहरूसँग भारतका विशेषज्ञहरूबीच अनुभवको आदान–प्रदान गराउने प्लेटफर्मको रूपमा कार्य गर्यो।कार्यक्रमपश्चात चिकित्सकहरू बीच आपसी चिनजान, अनुभव साटासाट तथा सहकार्यको नयाँ सम्भावनाहरूबारे छलफल समेत गरिएको थियो । नेपाल र भारतबीचको स्वास्थ्य सेवामा सहकार्य गर्ने बिषयमा समेत छलफल भएको थियो ।
बीएलके म्याक्स सुपर स्पेशलिटी हस्पिटलका तर्फबाट नेपालका लागि म्यानेजर सबिन कार्कीले भविष्यमा पनि यस्ता कार्यक्रमहरू नेपालमा नियमित रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।