जुम्ला, ७ बैशाख २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा डा. डबलबहादुर धामी नियुक्त भएका छन् ।
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को व्यवस्था नभएसम्मका लागि रिक्त उपकुलपतिमा प्रतिष्ठानका रेक्टर समेत रहेका डा. धामीलाई बैसाख ४ गतेको निर्णय अनुसार निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन ।
डा. धामीलाई शैक्षिक, प्रशासनिक र आर्थिक कार्यहरु सुचारु गर्ने अधिकार समेत दिइएको हो । डा. धामी प्रतिष्ठानका सहप्राध्यापक हुन । प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलको कार्यकाल सकिएपछि उपकुलपति पद रिक्त रहेको थियो ।
प्रतिष्ठानले एमविविएस, एमएस, एमडी, नर्सिड, जनस्वास्थ्य लगायत स्वास्थ्य शिक्षाका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।