आज मिति : २०८२ माघ ११
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

नवदुर्गा गाउँपालिका डडेल्धुरामा कालाजार महामारीको प्रतिकार्य गरिने #kala-AzarDiseases

डडेल्धुरा जिल्लामा सन् २०२० सम्म ८ जना कालाजार बिरामी भेटिएका छन्।

Nam Raj Bhatta by Nam Raj Bhatta
December 8, 2020
in News, Research & Study
A A
0
नवदुर्गा गाउँपालिका डडेल्धुरामा कालाजार महामारीको प्रतिकार्य गरिने #kala-AzarDiseases
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

भुवनेश्वरी जोशी 

डडेल्धुरा, २३ मङ्सिर  २०७७

स्वास्थ्य सेवा बिभाग , इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंको आयोजनामा प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय डडेलधुराको समन्वय तथा विश्व स्वास्थ्य संगठन र एसेँड नेपालको सहकार्यमा नवदुर्गा गाउपालिका डडेल्धुरामा कालाजार महामारीको प्रतिकार्य गरिने भएको छ ।

स्वास्थ्य सेवा बिभाग , इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंले डडेल्धुरा जिल्ला अन्तर्गत सात वटा पालिकाहरुमा कार्यरत स्वास्थ्य शाखा प्रमुख हरु लगायत अन्य स्वास्थ्यकर्मीहरुको लागि मङ्सिर २३ गते डडेल्धुरामा आयोजना गरिएको राष्ट्रिय कालाजार रोग निवारण कार्यक्रम सम्बन्धि अभिमुखीकरण कार्यक्रममा उक्त कुराको जानकारी गरिएको छ ।

स्वास्थ्य शाखा प्रमुख हरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम , सम्बन्धित पालिका मा काम गर्ने स्वास्थ्य कर्मी हरुको लागि लागि एक दिने अभिमुखीकरण कार्यक्रम , पालिका अन्तर्गत लक्षित वडामा काम गर्ने महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका हरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम र दुइ दिन नवदुर्गा गाउपालिका वडा नम्बर दुमा सक्रिय खोज पडताल गरि कालाजारको महामारी प्रतिकार्य गरिने कुरा स्वास्थ्य निर्देशनालय राजपुर डोटीमा कार्यरत भेक्टर कन्ट्रोल निरीक्षक हेम राज जोशीले जानकारी दिनु भएको छ ।

डा.प्रकाश शाह आफ्नो सम्बोधन राख्दै
डा.प्रकाश शाह आफ्नो सम्बोधन राख्दै

नेपालले सन् २०१७ सम्ममा कालाजार रोग निवारण गर्ने लक्ष्य लिएको थियो, कालाजार रोगको निवारण लक्ष्य हासिल हुन् को लागि प्रति १० हजार जनसंख्यामा १ भन्दा कम रोगि हुनु पर्ने हुन्छ तर नेपालका केहि हिमाली जिल्लामा जनसंख्याको कमि र देखा परेका कालाजारका रोगि हरुको संख्या प्रति १० हजारमा १ भन्दा बढी भएको हुनाले निर्धारित समयमा कालाजार रोगको निवारण गर्ने लक्ष्य हाशिल हुन् सकेको छैन । स्वास्थ्य शाखा प्रमुख हरुको लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य सेवा बिभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग तथा उपेक्षित सरुवा रोग शाखा प्रमुख डा. प्रकाश प्रसाद शाहले जानकारी दिनु भएको छ । सो कार्यक्रम मा डा. शाहले नेपालका कुल ७७ जिल्ला मध्ये २३ वटा कालाजार रोग प्रभावित जिल्ला अर्थात Endemic Districts पहिचान गरिएका छन् भने ४६ वटा जिल्लालाई शंकास्पद कालाजार रोग प्रभावित जिल्ला अर्थात Endemic Doubtful Districts भनि पहिचान गरिएको छ

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा सन् २०१९ मा कालाजार रोग देखा परेको थियो सुदूरपश्चिम प्रदेश मा सन् २०१६ मा कुल ३ जना , सन् २०१७ मा कुल २३ जना , सन् २०१८ मा ३६ जना र २०१९मा कुल ३६ जना कालाजार रोगि हरु देखा परेको र सन् २०२० को अन्त्य नहुदै सुदूरपश्चिम प्रदेशमा ४६ जना कालाजार रोगि देखा परि सकेका छन् । यसरि तथ्यांक केलाउदा हरेक वर्ष बढ्दो क्रम मा रहेको कालाजार रोगको निवारण गर्न चुनौती रहेको देखिन्छ । यहि चुनौती लाइ सामना गर्न र रोगको थप इपिडेमियोलोजी थाहा पाउन कालाजार को सक्रिय खोज पडताल गर्ने गरि कार्यक्रम तय गरिएको कुरा Accelerating the Sustainable Control and Elimination of Neglected Tropical Diseases कार्यक्रमका कार्यक्रम प्रबन्धक श्री प्रदिप रिमालले जानकारी गराउनु भएको छ ।

ASCEND का कार्यक्रम प्रबन्धक प्रदीप रिमालको सम्बोधन
ASCEND का कार्यक्रम प्रबन्धक प्रदीप रिमालको सम्बोधन

डडेल्धुरा जिल्लामा सन् २०१७ मा १ जना , सन् २०१८ मा ३ जना र सन् २०१९ मा ४ जना कालाजार बिरामी देखा परेको र रोगि को संख्या बढ्दो क्रम मा रहेको कुरा स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख बरिष्ठ जन स्वास्थ्य अधिकृत श्री आशुतोष श्रेष्ठले जानकारी दिनु भएको छ । साथै उहाँले जिल्लाको नवदुर्गा गाउपालिका वडा नम्बर दुइमा सबै भन्दा बढी प्रभावित भएको हुनाले उक्त दुइ नम्बर वडामा बसोबास गर्ने कम्तिमा ५० देखि १०० घर धुरीका कालाजार शंकाश्पद व्यक्तिहरुको जाँच गर्ने र साथै कालाजार रोग सार्ने भुसुनाको बारेमा समेत अध्ययन हुने कुरा जानकारी गराउनु भएको छ । साथै उक्त क्षेत्रमा रोग खोज पडताल कै क्रममा कुनै नयाँ बिरामी फेला परेमा बिरामीको उपचार र आवश्यकतानुसार थप अन्य क्रियाकलाप समेत गरिने कुरा Accelerating the Sustainable Control and Elimination of Neglected Tropical Diseases कार्यक्रमका प्रदेश संयोजक श्री संजीव शाही ले बताउनु भएको छ ।

स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठ आफ्नो सम्बोधन राख्दै
स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठ आफ्नो सम्बोधन राख्दै

त्यसै गरि समुदायमा गएर जांच गर्ने टोलीमा चिकित्सक एक जना ,ल्याब प्राबिधिक एक जना , महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरु सहित अन्य प्राबिधिक हरुको टोलिले घर घर गइ कालाजारका बिरामी खोज्ने काम गरिने कुरा स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोल सुपरभाइजर श्री हरि प्रसाद भट्ट ले बताउनु भएको छ ।

स्वास्थ्य सेवा बिभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंले यस वर्ष नेपालका ओखलढुंगा , कालिकोट , पाल्पा र डडेल्धुरा गरि जम्मा चार जिल्लामा कालाजार को महामारी प्रतिकार्य गर्न लागेको कुरा विश्व स्वास्थ्य संगठन उपेक्षित रोग कार्यक्रमका लागि अनुगमन मुल्यांकन अधिकृत श्री अब्दुल शेखले बताउनु भएको छ ।


#Endemic Doubtful Districts.

#Accelerating the Sustainable Control and Elimination of Neglected Tropical Diseases.

Tags: #smoking #disease ##World health organizationAccelerating the Sustainable Control and Elimination of Neglected Tropical DiseasesCorona Virus #Covid19Endemic Doubtful DistrictsFarwestrn-nepalHealth Office DadeldhuraKala-azar-DiseasesNews
Previous Post

नेपाल चिकित्सक संघ सुदुरपश्चिम प्रदेश शाखाको अध्यक्षमा डा.प्रदिप मिश्र #DoctorAssociation

Next Post

छात्रबृत्तिमा अध्ययन गरेका चिकित्सकलाई चार दिनभित्र अस्पतालमा हाजिर हुन निर्देशन #SchoolarshipDoctor

Related articles

बेनी अस्पतालमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी स्क्रिनिङ शिविर सम्पन्न
News

बेनी अस्पतालमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी स्क्रिनिङ शिविर सम्पन्न

11 hours ago
1.6k
डेन्टल एसोसिएसनद्वारा उपचारसम्बन्धी जानकारी र सहमतिबारे एकदिने कार्यशाला गोष्ठी सम्पन्न
News

डेन्टल एसोसिएसनद्वारा उपचारसम्बन्धी जानकारी र सहमतिबारे एकदिने कार्यशाला गोष्ठी सम्पन्न

1 day ago
1.6k
स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास
News

स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास

2 days ago
1.6k
नेपाल फार्मेसी परिषदको लाइसेन्स परीक्षा १० माघमा हुँदै #Pharmasist
News

नेपाल फार्मेसी परिषदको लाइसेन्स परीक्षा १० माघमा हुँदै #Pharmasist

3 days ago
1.6k
स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल
News

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल

3 days ago
1.6k
शुक्रराज ट्रपिकल सरुवारोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त
News

शुक्रराज ट्रपिकल सरुवारोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

3 days ago
1.6k
Next Post
छात्रबृत्तिमा अध्ययन गरेका चिकित्सकलाई चार दिनभित्र अस्पतालमा हाजिर हुन निर्देशन #SchoolarshipDoctor

छात्रबृत्तिमा अध्ययन गरेका चिकित्सकलाई चार दिनभित्र अस्पतालमा हाजिर हुन निर्देशन #SchoolarshipDoctor

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (130)
  • Disease (106)
  • English (51)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,417)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...