आज मिति : २०८२ जेष्ठ १
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

प्रदेश २ कै पहिलो तथा सफल सेवा सुबिधा सम्पन्न सरकारी अस्पतालको सघन कक्ष

Nam Raj Bhatta by Nam Raj Bhatta
December 3, 2020
in News
A A
4
Provincial Hospital Janakpur

Provincial Hospital Janakpur

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

जनकपुर, १७ मंसिर २०७७

प्रदेश नम्बर २ कै सरकारी मध्येकै अत्याधुनिक पहिलो तथा सफल सेवा सुबिधा सम्पन्न सेवा प्रादेशिक अस्पताल जनकपुरले दिइरहेको छ।

नेपालमा करिब दुई दशकदेखिको अत्यावश्यक तथा आधारभूत स्वास्थ्य सेवाको कोशेढुंगाको रुपमा मानिने सघन उपचार कक्ष आइसीयुको प्रयास, अभ्यास तथा चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको अवस्था भएतापनि केन्द्र तथा देशकै केही विशेष शहर आधारित यस्ता उपचार केन्द्रको सहज सञ्चालन र व्यवस्थापन तथा दीर्घकालीन स्थिरताको सवाल र जिज्ञासा बहस चलिरहेकै बेला यसबीचमा यसको महत्व र आवश्यकताबारे नियुक्त भएका विभिन्न मेसु तथा अस्पतालका विभिन्न तह तप्काका साथै अन्य कर्मचारी तथा नागरिक समाज तर अगुवा वर्गको संयुक्त प्रयासमा तत्कालिन जनकपुर अञ्चल अस्पतालको आफ्नै सघन कक्षमा उपचार‌ दिन सक्ने भएको छ। परिकल्पना भौतिक पूर्वाधार निर्माण तथा स्वास्थ्य सामग्री खरिद करिब सात आठ वर्ष अगाडि नै पूरा भएतापनि देशै भरि अभाब रहेको यस सम्बन्धी विशेषज्ञ (Anesthesiologist ) तथा अन्य दक्ष जनशक्तिको अभावमा सञ्चालन गर्न कठिनाई भईरहेको अवस्थामा अन्यौलतालाई चिर्दै तत्कालीन मेसु डा.राम परीक्षण यादब ज्यूले यसको सञ्चालनको सम्पूर्ण जिम्मेवारी तथा अधिकार सहित विभागीय प्रमुखमा डा. संजय यादव लाई नियुक्त गरे पश्चात २०७५ वैशाख देखि सञ्चालनमा आएको थियो।

केही दिनमै यस अस्पतालले उपचार सेवा तथा समग्र स्वास्थ्य सेवा प्रवाह मै अविश्वसनीय फड्को मारेको डा.यादवले बताउनुभएको छ। चिकित्सक नर्सका साथै अन्य स्वास्थ्यकर्मी समेतमा आत्मनिर्भरता र आत्मविश्वासको अंकुर फुटेको आशाको दियो बलेको अनुभूति भएको डा.यादबले बताउनुभएको छ।

डा.संजय यादब बिभागीय प्रमुख एनेस्थेसिया तथा क्रिटिकल केयर प्रादेशिक अस्पताल जनकपुर
डा.संजय यादब बिभागीय प्रमुख
एनेस्थेसिया तथा क्रिटिकल केयर
प्रादेशिक अस्पताल जनकपुर

 

 

उनका अनुसार ; यसको लागि बिशेष धन्यवाद तत्कालीन नेतृत्व वर्गलाई दिनैपर्छ , प्रदेशकै विशेषगरी विपन्न नागरिकको उपचारमा सहज पहुँच हुन कमी र कसुर नछोडी सेवा सुविधालाई अझ उच्च स्तरीय बनाउन निरन्तर सहयोग गर्दै लगनशिलता माथि देखाउनु भएको निरन्तर विश्वासले तथा यस आइसियुले परिवारको मनोबल सधै उच्च कायम राखिराख्न सहयोगका साथै हौसला प्रदान गर्न भूमिका खेलेको मे.सु. डा.नागेन्द्र प्रसाद यादवलाई प्रकट गरेका छन्।भेन्टिलेटरमा बिरामी गए नफर्किने मानिसबाट ग्रसित हाम्रो समाज संग शुरुवाती दिनहरुमा असहज नभएको पनि होइन तर त्यसपछिका दिनहरुमा हाम्रो निरन्तर प्रयासहरु र साहसको फलस्वरुप नै होला! आज हामीले दैनिक रुपमै बेडको अभाव महसुस गरिरहेका छौं। अगामी दिनहरुमा बेड संख्या बढाई प्रदेशकै नमुनाको रुपमा क्रिटिक्स केयर बिशेषज्ञ सेवा प्रदान गर्नका साथै सम्बन्धित दक्ष जनशक्ति उत्पादन गराउन यसै मार्फत तालिम केन्द्रको रुपमा विकास गर्ने दीर्घकालीन योजना समेत छलफल भइराखेको डा.यादबले बताए।

यस आइसियु सन्चालन पूर्व सानो देखि सानो उपचारको निम्ति बिरामीहरु धरान, बिराटनगर , काठमाडौँ तथा भारतमाथिको निर्भरता हुनु परेको थियो। उपचार बाहेकका अनावश्यक खर्च मानसिक तनावका बाबजुद धेरैले समयमै उपचार नपाएर बाटोमै अकालमै मृत्युवरण गर्नुपर्ने परेको यथास्थितिको अन्त्य गर्ने प्रयासहरु यस प्रादेशिक अस्पतालको १० बेड क्षमताले सबैलाई सहज बनाएको छ। भेन्टिलेटर , भिडियो एक्सरे तथा डायलासिस सेवा प्रदान गर्न सक्ने भएको छ‌ । न्युनतम सञ्चालन सेवा शुल्क राखी यसै अस्पताल मार्फत सञ्चालित सघन उपचार कक्षमा हालसम्म भएका करिब १४ सय जटिलको तथा गम्भीर प्रकृतिका रोगहरु जस्तै सर्पदंश , दम, आस्था , मस्तिष्क तथा पक्षघात , उच्च प्रेसर सुगर,क्रिटिकल केयर, निमोनिया, अत्याधिक प्रसूति सुझाव इत्यादीको उपचार भएको छ। १४ सय मध्ये करिब ९०० को सफल उपचार गर्नसकेको, २४१ मृत्यु भएको ३०० को विशेष कारणले रेफर भएको तथा निको भएको मध्ये करिब १०० जनाको भेन्टिलेटर द्वारा उपचार प्रदान गर्नको साथै सघन उपचारको खाँचोमा करिब ७० प्रतिशत बिरामी अन्यन्त्र रेफर गर्नुपर्ने अवस्थाको अन्त्य गर्न समेत सफल रहेकोमा आइसियु परिवारको महसुस गर्दै बिरामीको सेवामा अहो रात्र खटिने अन्य चिकित्सक साथीहरु समेतलाई धन्यवाद दिएको डा. यादव बताउँछन्।

प्राइभेट अस्पताल यो सम्बन्धित सेवाहरु भएतापनि गरिबी निमुखा जनताहरुले पैसाको अभावले उपचार गर्न अफ्ठ्यारो हुँदै आएको थियो।

जहाँ निजी अस्पतालहरुले विभिन्न शीर्षकमा दैनिक २०-२५ हजार उपचार खर्च अशुल्छन। जुन त्यै शुल्क प्रादेशिक अस्पतालमा ३ हजार मात्र तोकिएको छ। त्यसैले प्रदेश नम्बर २ का जनताहरू सस्तो मूल्यमा उपचार गर्न पाउँदा निकै खुशी लागेको बताउँदै आएका छन्।

प्रदेश २ को करिब ६० देखि ६५ लाख जनताको अभिभारा बोकेको यस अस्पतालको सघन कक्ष सञ्चालन आए पश्चात जनताले धरान , विराटनगर तथा भारत नै जानु पर्ने बाध्यता को समेत अन्त्य भएको, अनावश्यक खर्च समेत बाट राहत पाएको अनुभव सुनाउनु हुन्छ डा यादव।

तराईमा बिगबिगी रहेको सर्पदंशका बिरामीको लागि त अझ भनौं वरदान नै साबित भएको छ । हालसम्म सयौं त्यस्ता बिरामीको भेन्टिलेटरमा राखी उपचार गरेको बताउँछन् डा. यादव । कोरोना काल भन्दा अगाडि आफ्नो विज्ञता र विशेषताबारे जनता लगायत सरकार समेतले महत्त्व नदिँदा कति पटक निराश समेत भएका तर कोरोना काल पश्चात यो चिकित्साको महत्त्व सरकार र जनताले बुझ्दै गएकाले , हाल खुसी समेत लागेको डा.यादबले बताउनु भयो।

बेडको आभाव रहेकोले छिट्टै यसलाई बिस्तार गरि १४ बेड सञ्चालन गर्ने तयारी समेत रहेको, दक्ष जनशक्तिको लागि प्रदेश मन्त्रालयमा दरबन्दी थप्ने प्रस्ताव समेत पठाएका छौं डा. यादवले भने । यो पूरा हुना साथ भर्ना गरेर सञ्चालन गर्ने, थप भेन्टिलेटर १० थान समेत माग गरेका छौं।

Tags: #Health and population ministry#Janakpur hospitalAnesthesiologistCorona Virus #Covid19Dr.nagendra parikshna yadavDr.sanjaya yadavIcuVentilator
Nisarga hospital Dhangadhi
Previous Post

अपाङ्गता र जनस्वास्थ्य

Next Post

आयुर्वेद हेल्थ होमले यही मंसिर १९ देखि २१ गते सम्म निशुल्क आयुर्वेद स्वास्थ्य शिविर गर्दै

Related articles

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच सम्झौता
News

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच सम्झौता

4 hours ago
884
नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत
News

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत

1 day ago
790
डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस
News

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस

1 day ago
803
डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

2 days ago
2.1k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

2 days ago
801
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

2 days ago
795
Next Post
आयुर्वेद हेल्थ होमले यही मंसिर १९ देखि २१ गते सम्म निशुल्क आयुर्वेद स्वास्थ्य शिविर गर्दै

आयुर्वेद हेल्थ होमले यही मंसिर १९ देखि २१ गते सम्म निशुल्क आयुर्वेद स्वास्थ्य शिविर गर्दै

Comments 4

  1. Pingback: जनकपुर प्रादेशिक अस्पतालको मेसुमा डा.यादब नियुक्त #DrPramod yadav • Health News Nepal
  2. Pingback: मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा‌ डा. रामकेबल साह नियुक्त #RamkewalSah • Health News Nepal
  3. Pingback: पहिलो चरणको कोरोना खोप १ लाख ८४ हजार भन्दा बढीले लगाए , कुन प्रदेशमा कति (बिस्तृतमा) #Covidvaccine • Health News Nepal
  4. Pingback: स्वास्थ्यका कार्यक्रम महत्वाकांक्षी, कार्यान्वयन सुस्त #HealthProgram • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,016)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...