Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

प्रदेश २ कै पहिलो तथा सफल सेवा सुबिधा सम्पन्न सरकारी अस्पतालको सघन कक्ष

Nam Raj Bhatta by Nam Raj Bhatta
December 3, 2020
in News
Reading Time: 1 min read
A A
4
Provincial Hospital Janakpur

Provincial Hospital Janakpur

630
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

जनकपुर, १७ मंसिर २०७७

प्रदेश नम्बर २ कै सरकारी मध्येकै अत्याधुनिक पहिलो तथा सफल सेवा सुबिधा सम्पन्न सेवा प्रादेशिक अस्पताल जनकपुरले दिइरहेको छ।

नेपालमा करिब दुई दशकदेखिको अत्यावश्यक तथा आधारभूत स्वास्थ्य सेवाको कोशेढुंगाको रुपमा मानिने सघन उपचार कक्ष आइसीयुको प्रयास, अभ्यास तथा चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको अवस्था भएतापनि केन्द्र तथा देशकै केही विशेष शहर आधारित यस्ता उपचार केन्द्रको सहज सञ्चालन र व्यवस्थापन तथा दीर्घकालीन स्थिरताको सवाल र जिज्ञासा बहस चलिरहेकै बेला यसबीचमा यसको महत्व र आवश्यकताबारे नियुक्त भएका विभिन्न मेसु तथा अस्पतालका विभिन्न तह तप्काका साथै अन्य कर्मचारी तथा नागरिक समाज तर अगुवा वर्गको संयुक्त प्रयासमा तत्कालिन जनकपुर अञ्चल अस्पतालको आफ्नै सघन कक्षमा उपचार‌ दिन सक्ने भएको छ। परिकल्पना भौतिक पूर्वाधार निर्माण तथा स्वास्थ्य सामग्री खरिद करिब सात आठ वर्ष अगाडि नै पूरा भएतापनि देशै भरि अभाब रहेको यस सम्बन्धी विशेषज्ञ (Anesthesiologist ) तथा अन्य दक्ष जनशक्तिको अभावमा सञ्चालन गर्न कठिनाई भईरहेको अवस्थामा अन्यौलतालाई चिर्दै तत्कालीन मेसु डा.राम परीक्षण यादब ज्यूले यसको सञ्चालनको सम्पूर्ण जिम्मेवारी तथा अधिकार सहित विभागीय प्रमुखमा डा. संजय यादव लाई नियुक्त गरे पश्चात २०७५ वैशाख देखि सञ्चालनमा आएको थियो।

केही दिनमै यस अस्पतालले उपचार सेवा तथा समग्र स्वास्थ्य सेवा प्रवाह मै अविश्वसनीय फड्को मारेको डा.यादवले बताउनुभएको छ। चिकित्सक नर्सका साथै अन्य स्वास्थ्यकर्मी समेतमा आत्मनिर्भरता र आत्मविश्वासको अंकुर फुटेको आशाको दियो बलेको अनुभूति भएको डा.यादबले बताउनुभएको छ।

डा.संजय यादब बिभागीय प्रमुख एनेस्थेसिया तथा क्रिटिकल केयर प्रादेशिक अस्पताल जनकपुर
डा.संजय यादब बिभागीय प्रमुख
एनेस्थेसिया तथा क्रिटिकल केयर
प्रादेशिक अस्पताल जनकपुर

 

 

उनका अनुसार ; यसको लागि बिशेष धन्यवाद तत्कालीन नेतृत्व वर्गलाई दिनैपर्छ , प्रदेशकै विशेषगरी विपन्न नागरिकको उपचारमा सहज पहुँच हुन कमी र कसुर नछोडी सेवा सुविधालाई अझ उच्च स्तरीय बनाउन निरन्तर सहयोग गर्दै लगनशिलता माथि देखाउनु भएको निरन्तर विश्वासले तथा यस आइसियुले परिवारको मनोबल सधै उच्च कायम राखिराख्न सहयोगका साथै हौसला प्रदान गर्न भूमिका खेलेको मे.सु. डा.नागेन्द्र प्रसाद यादवलाई प्रकट गरेका छन्।भेन्टिलेटरमा बिरामी गए नफर्किने मानिसबाट ग्रसित हाम्रो समाज संग शुरुवाती दिनहरुमा असहज नभएको पनि होइन तर त्यसपछिका दिनहरुमा हाम्रो निरन्तर प्रयासहरु र साहसको फलस्वरुप नै होला! आज हामीले दैनिक रुपमै बेडको अभाव महसुस गरिरहेका छौं। अगामी दिनहरुमा बेड संख्या बढाई प्रदेशकै नमुनाको रुपमा क्रिटिक्स केयर बिशेषज्ञ सेवा प्रदान गर्नका साथै सम्बन्धित दक्ष जनशक्ति उत्पादन गराउन यसै मार्फत तालिम केन्द्रको रुपमा विकास गर्ने दीर्घकालीन योजना समेत छलफल भइराखेको डा.यादबले बताए।

यस आइसियु सन्चालन पूर्व सानो देखि सानो उपचारको निम्ति बिरामीहरु धरान, बिराटनगर , काठमाडौँ तथा भारतमाथिको निर्भरता हुनु परेको थियो। उपचार बाहेकका अनावश्यक खर्च मानसिक तनावका बाबजुद धेरैले समयमै उपचार नपाएर बाटोमै अकालमै मृत्युवरण गर्नुपर्ने परेको यथास्थितिको अन्त्य गर्ने प्रयासहरु यस प्रादेशिक अस्पतालको १० बेड क्षमताले सबैलाई सहज बनाएको छ। भेन्टिलेटर , भिडियो एक्सरे तथा डायलासिस सेवा प्रदान गर्न सक्ने भएको छ‌ । न्युनतम सञ्चालन सेवा शुल्क राखी यसै अस्पताल मार्फत सञ्चालित सघन उपचार कक्षमा हालसम्म भएका करिब १४ सय जटिलको तथा गम्भीर प्रकृतिका रोगहरु जस्तै सर्पदंश , दम, आस्था , मस्तिष्क तथा पक्षघात , उच्च प्रेसर सुगर,क्रिटिकल केयर, निमोनिया, अत्याधिक प्रसूति सुझाव इत्यादीको उपचार भएको छ। १४ सय मध्ये करिब ९०० को सफल उपचार गर्नसकेको, २४१ मृत्यु भएको ३०० को विशेष कारणले रेफर भएको तथा निको भएको मध्ये करिब १०० जनाको भेन्टिलेटर द्वारा उपचार प्रदान गर्नको साथै सघन उपचारको खाँचोमा करिब ७० प्रतिशत बिरामी अन्यन्त्र रेफर गर्नुपर्ने अवस्थाको अन्त्य गर्न समेत सफल रहेकोमा आइसियु परिवारको महसुस गर्दै बिरामीको सेवामा अहो रात्र खटिने अन्य चिकित्सक साथीहरु समेतलाई धन्यवाद दिएको डा. यादव बताउँछन्।

प्राइभेट अस्पताल यो सम्बन्धित सेवाहरु भएतापनि गरिबी निमुखा जनताहरुले पैसाको अभावले उपचार गर्न अफ्ठ्यारो हुँदै आएको थियो।

जहाँ निजी अस्पतालहरुले विभिन्न शीर्षकमा दैनिक २०-२५ हजार उपचार खर्च अशुल्छन। जुन त्यै शुल्क प्रादेशिक अस्पतालमा ३ हजार मात्र तोकिएको छ। त्यसैले प्रदेश नम्बर २ का जनताहरू सस्तो मूल्यमा उपचार गर्न पाउँदा निकै खुशी लागेको बताउँदै आएका छन्।

प्रदेश २ को करिब ६० देखि ६५ लाख जनताको अभिभारा बोकेको यस अस्पतालको सघन कक्ष सञ्चालन आए पश्चात जनताले धरान , विराटनगर तथा भारत नै जानु पर्ने बाध्यता को समेत अन्त्य भएको, अनावश्यक खर्च समेत बाट राहत पाएको अनुभव सुनाउनु हुन्छ डा यादव।

तराईमा बिगबिगी रहेको सर्पदंशका बिरामीको लागि त अझ भनौं वरदान नै साबित भएको छ । हालसम्म सयौं त्यस्ता बिरामीको भेन्टिलेटरमा राखी उपचार गरेको बताउँछन् डा. यादव । कोरोना काल भन्दा अगाडि आफ्नो विज्ञता र विशेषताबारे जनता लगायत सरकार समेतले महत्त्व नदिँदा कति पटक निराश समेत भएका तर कोरोना काल पश्चात यो चिकित्साको महत्त्व सरकार र जनताले बुझ्दै गएकाले , हाल खुसी समेत लागेको डा.यादबले बताउनु भयो।

बेडको आभाव रहेकोले छिट्टै यसलाई बिस्तार गरि १४ बेड सञ्चालन गर्ने तयारी समेत रहेको, दक्ष जनशक्तिको लागि प्रदेश मन्त्रालयमा दरबन्दी थप्ने प्रस्ताव समेत पठाएका छौं डा. यादवले भने । यो पूरा हुना साथ भर्ना गरेर सञ्चालन गर्ने, थप भेन्टिलेटर १० थान समेत माग गरेका छौं।

Tags: #Health and population ministry#Janakpur hospitalAnesthesiologistCorona Virus #Covid19Dr.nagendra parikshna yadavDr.sanjaya yadavIcuVentilator
SummarizeShare272ScanTweet149

Related articles

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

by Nam Raj Bhatta
September 20, 2026
0

वीर अस्पतालको न्युरोसर्जरी विभागले नयाँ नेतृत्व पाएको छ। अनुभवी न्युरोसर्जन डा. बिनोद राजभण्डारीले हिजोदेखि विभागीय प्रमुखको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको हो। न्युरोसर्जरी क्षेत्रमा लामो समयदेखि सक्रिय डा. राजभण्डारीले...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

by Nam Raj Bhatta
September 20, 2026
0

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन पद र निर्देशक पदमा नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायण सिंह गुरुङले डिनमा डा. डेविड श्रेष्ठ र निर्देशकमा डा. झपिन्द्र पोखरेललाई नियुक्त...

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

by Nam Raj Bhatta
September 19, 2026
0

नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका  हुन्। काउन्सिलका सदस्यहरूमा डा. गोपाल...

Dengue Fever Treatment

शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

by Nam Raj Bhatta
September 16, 2026
0

नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ । बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन्...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    879 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    706 shares
    Share 282 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    698 shares
    Share 300 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital
  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.