काठमाडौं १७, बैशाख
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट एक हजार ८ जनाको मृृत्यु भइसकेको छ।
त्यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३१ हजार ३ सय ६० पुगेको छ। कोरोनाबाट संक्रमित भएका ७ हजार ७ सय ४७ जना भने उपचारपछि निको भएको वर्ल्ड मिटर्सले देखाएको छ।