दाङ ,चैत २२
दाङको नाका क्षेत्रमा बसोवास गर्ने नागरिकलाई राहात वितरण गर्न आयुर्वेद चिकित्सक लगायत अन्य सरोकारवालाहरु मिलेर राजपुर गाउँपालिकालाई ७५ हजार बरावरको खाद्यान्न हस्तान्तरण गरिएको छ ।
दाङका प्रदेश सभा सदस्य रेवतीरमण शर्माले राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी र उपाध्यक्ष धनपती यादवलाई खाद्यान्न हस्तान्तरण गरे ।
नेपाल आयुर्वेद औषधी व्यवसायी संघले नाका क्षेत्रमा बसोवास गर्ने गरिब, विपन्न नागरिकलाई छाक जुटाउन खाद्यान्न सहयोग गरेको हो । तीस बोरा चामल, एक बोरा दाल, तीन कार्टुन तेल, पाँच बोरा सोयाविन लगायत एक बोरा नुन राहत स्वरुप दिइएको छ।
उक्त राहात हस्तान्तरणपछि आयोजीत संक्षिप्त कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सभा सदस्य रेवतीरमण शर्माले वास्तविक श्रमिक तथा विपन्न वर्गको पहिचान गरेर खाद्यान्न पुर्याउन एकद्धार प्रणाली अपनाउन अपिल गरे।
नेपाल आयुर्वेद औषधी व्यवसायी संघका जिल्ला अध्यक्ष प्रकाश अधिकारी, प्रदेश अध्यक्ष देवु बस्नेतले खाद्यान्न राहतमा सघाउनु भएको थियो।
नेपालमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावना रहेको भन्दै सावधानी अपनाउदै कोही पनि व्यक्ति भोक भोकै वस्नुपर्ने अवस्था आउन नदिन वास्तविक विपन्न तथा श्रमिकको पहिचान गरेर राहात वितरणलाई अघि बढाउन र अझ आवश्यक परे थप औषधि तथा खाद्यान्न बितरण गर्ने दाङका आयुर्वेद चिकित्सक डा.कैलाश न्यौपानेले बताउनुभयो ।
कोरोना भाइरसको संक्रमण फैलने हो की भन्ने त्रास भइरहेको छ भने अर्को तर्फ काम गरेर साँझ विहान छाक कसरी जुटाउने भन्ने चिन्तितमा त्यस नाकामा बसोबास गर्ने पीडित हरुको आफ्नै पीडा रहेको थियो छ।