काठमाडौं ५ बैशाख
विश्वव्यापी महामारीका रूपमा देखिएको कोरोना भाइरस (कोभिड १९) का एकै दिन १४ संक्रमित थपिएका छन्। नेपालमा हालसम्म १६ जनामा संक्रमण प्रमाणित भएकोमा आज एकै दिन १४ जना थपिएका हुन्। उदयपुरमा प्रमाणित भएका सबै भारतीय नागरिक हुन् ।
शुक्रबार उदयपुरमा १२ जना र चितवनका दुईजना गरी १४ जनामा सन्क्रमित पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले १४ जना थपिएको जानकारी दिए।
उदयपुरको एक मस्जिदमा भेटिएका १२ मध्ये अधिकांश भारतीय नागरिक रहेको बताइएको छ। ती सबै पुरुष रहेका छ्न। उनीहरू ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका हुन् ।
त्यसैगरी चितवनमा बिहीबार बेलुका ल्याइएको दुईवटा स्वाबको रिपोर्ट पोजिटिभ देखिएको भरतपुर अस्पतालले जनाएको छ। बेलायतबाट एक महिनाअघि फर्किएका आमा र छोरामा कोरोना पोजिटिभ देखिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। उनीहरू गत चैत ५ गते हङकङबाट नेपाल आएका थिए। छोरा २७ वर्ष र आमा ६३ वर्षीया हुन् ।