काठमाडौं, २३ असार २०८२
नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द भएका छन् ।
उपभोक्ता अदालतले उपचारमा लापरबाही गर्ने चिकित्सक र अस्पतालहरूलाई धमाधम क्षतिपूर्ति तिराउन थालेपछि नेपाल चिकित्सक संघको आह्वानमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो । चिकित्सकले सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन् ।
यो आन्दोलनमा नौवटा स्वास्थ्य संस्थाले ऐक्यवद्धता जनाएका छन् ।