चितवन ,१० भाद्र २०७७
नेपालमा दिन दिनै कोरोनाको कहर बढ्दै छ । यस्तो अवस्थामा बिरामीहरूले अस्पतालको सेवाहरु लिनको धौ- धौ भइरहेको र विद्यमान अवस्थामा अस्पताल पनि जान सक्ने अवस्था सहज रहेको छैन ।
यसरी घरमा हुनु भएका वृद्ध,केटा केटी र दीर्घ रोगीहरू को नियमित उपचारमा बाधा भइरहेको छ ।
वृद्ध, बच्चा, अशक्त ,दीर्घ रोग बाट ग्रसित महानुभाव, कोरोना संक्रमित जो घरमै आइशोलेशन बस्नु भएको छ उहाँहरु लाई केन्द्रित गर्दै यस्तो विषम परिस्थतिलाई सहज र बिरामीलाई सहज बनाउनका लागि प्रगतिशील चिकित्सक समाजले फोन,भाइबर , ह्वाट्सएपमा मार्फत डाक्टर सँग सिधै आफ्नो कुरा राख्न सक्ने वातावरण तयार गरेको छ ।
यो जटिल समयमा सम्बन्धित चिकित्सकको सल्लाह सुझाबलाई सजिलो र सहज बनाउनका लागि तल उल्लेखित फोन नम्बर हरु मा फोन,भाइबर ,ह्वाट्सएपमा मार्फत आफ्नो कुरा हरु राख्न सक्नु हुने छ ।
केही कारण फोन उठ्न नसकेको खण्डमा हजुरहरूले म्यासेजहरु छोडी राखिदिए पनि हुने र समय अनुकुलमा चिकित्सकहरु ले सहज गर्ने काम गर्ने हुनेछ ।
समय : बिहान १० – ४ बजे सम्म ।
स्वास्थ्यकर्मी लाई छि छि हैन , माया प्रेम सदभाव दिउँ ।
सकिन्छ सम्मान गरौं सकिँदैन दुव्र्यवहार नगरौं ।
कोरोना संक्रमित बिरामी लाई शारीरिक, मानसिक, सामाजिक तरिकाले सहयोग गरौं ।
यो युद्ध एक आपसमा मिली लडौ ।
Comments 1