Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपालमा अहिलेसम्म ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण #Hivaidsday2022

Nam Raj Bhatta by Nam Raj Bhatta
December 1, 2022
in News
Reading Time: 1 min read
A A
0
नेपालमा अहिलेसम्म ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण #Hivaidsday2022
607
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ लक्ष्मी देवकोटा

काठमाडौं, १५ मंसिर २०७९

नेपालमा सन् २०२१ को अन्त्यसम्ममा ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान गरिएको छ। एड्स अन्त्यका लागि एचआईभी कार्यक्रममा अर्बौ रकम खर्च भएपनि गत वर्ष मात्र ५१० जना एचआईभी संक्रमितको एड्सका कारण मृत्यु भएको पाइएको छ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार सन् २०२१ मा मात्रै नेपालमा एक करोड ७५ लाख अमेरिकी डलर अर्थात २ अर्ब २९ करोड ३७ लाख ६९ हजार ७५० नेपाली रुपैयाँ राष्ट्रिय एचआईभी कार्यक्रमका लागि खर्च भएको छ।

जसमा २४ प्रतिशत नेपाल सरकारले लगानी गरेको थियो। अर्थात ५५ करोड ५ लाख ४ हजार ५०० नेपाली रुपैयाँ नेपाल सरकारले राष्ट्रिय एचआईभी कार्यक्रमका लागि खर्च गरेको छ। बाँकी रकम भने दातृ निकायले उपलब्ध गराएका हुन्। गत वर्ष मात्र राष्ट्रिय एचआईभी कार्यक्रमका लागि नेपालमा २ अर्व भन्दा बढी खर्च भएको पाइएको छ।

नेपालमा हरेक दिन २ जना मानिस एचआईभी संक्रमित हुने गरेको केन्द्रले जनाएको छ। सन् २०२१ म मात्रै ६८० जना व्यक्तिमा एचआईभीको नयाँ संक्रमण भएको अनुमान गरिएको छ। सन् २०२१ मा ४५ जना जन्मेदेखि १४ वर्षसम्मका बालबालिका एचआईभी संक्रमित रहेको केन्द्रको अनुमान छ।

Free HIV Testing by AIDS Healthcare Foundation Nepal
Free HIV Testing by AIDS Healthcare Foundation Nepal

केन्द्रका अनुसार सन् २०२१ को अन्त्यसम्म नेपालमा २१ हजार ७२३ जना संक्रमितले एन्टीरेट्रोभाइरल (एआरभी) उपचार लिइरहेका छन्। केन्द्रकै अनुसार नेपालभर ३० हजार संक्रमित रहेको अनुमान गरिएको छ। यस आधारमा हेर्दा अझै ८ हजार २ सय ७७ जना संक्रमित कहाँ छन् भन्ने विषयमा केन्द्र नै बेखबर छ। उनीहरुको खोजी र उपचारमा खर्च गर्नुपर्ने केन्द्रले वार्षिक सवा दुई अर्ब रकम कहाँ कसरी केमा खर्च गरिरहेको छ भन्ने विषयमा पनि प्रश्न उठ्न थालेको छ।

कुल एचआईभी संक्रमित मध्ये ७२ प्रतिशतले मात्र एआरभी उपचार लिइरहेको केन्द्रको तथ्यांक छ। यो तथ्यांक अनुसार नेपालमा २८ प्रतिशत एचआईभी संक्रमित अझै उपचारको पहुँच बाहिर रहेका छन्।

नेपालमा सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हासिल गर्न ९५ः९५ः९५ अर्थात ९५ प्रतिशत एचआईभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, ती मध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुच हुने र ती औषधि खानेहरु मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार अर्थात भाइरल लोड न्यून भएको हुने र एचआईभीको जाँच र उपचारको रणनीतिमा आधारित भएर एचआईभी तथा एड्स सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको केन्द्रले जनाएको छ।

यसको अर्थ एक वा सो भन्दा बढी एचआईभी सर्नसक्ने जोखिममा रहेका समूहमा एचआईभी संक्रमण दर ५ प्रतिशत भन्दा बढी छ। यस्तै सामान्य जनसंख्या वा पूर्व प्रसूति सेवा लिएका गर्भवती महिलाहरुमा एचआईभी संक्रमण दर १ प्रतिशत भन्दा कम हुनु हो।

केन्द्रका अनुसार एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समूहहरु सुईद्धारा लागूपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिगीं तथा तेस्रोलिगींहरु र रोजगारीका बिदेशिनेहरु छन्। यी मध्ये सुईद्धारा लागूपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीहरुमा संक्रमदर अरु जोखिम समूहभन्दा उच्च छ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Hiv AIDS
SummarizeShare253ScanTweet148

Related articles

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

by Nam Raj Bhatta
August 14, 2026
0

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त भएका छन् केयूका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्राडा. बराललाई उपकुलपति नियुक्त गरेका हुन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको...

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता

by Nam Raj Bhatta
August 14, 2026
0

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य जाँच, उपचार गर्ने, गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । बिहीबार नेपाल मेडिकल कलेजमा आयोजित एक कार्यक्रममाझ गोकर्णेश्वरका प्रमुख प्रशासकीय अधिकृत...

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital

by Nam Raj Bhatta
August 13, 2026
0

वीर अस्पतालको निर्देशकमा वरिष्ठ ग्यास्ट्रोसर्जन डा. विकास नेपाल नियुक्त भएका छन्। डा. नेपाल  अस्पतालमा ११औँ तहमा कार्यरत छन्। बिहीवार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले  डा. नेपाललाई...

NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने

NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने

by Nam Raj Bhatta
August 13, 2026
0

नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन (NMSRA) काठमाडौँले आफ्नो ५७औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। NMSRA काठमाडौँका अध्यक्ष कोषराज अवस्थीले स्थापना दिवसको अवसरमा “रक्तदान,...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    840 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    699 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त
  • गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता
  • वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital
  • NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने
  • स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.