आज मिति : २०८२ भाद्र २१
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

नेपालमा अहिलेसम्म ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण #Hivaidsday2022

Nam Raj Bhatta by Nam Raj Bhatta
December 1, 2022
in News
A A
0
नेपालमा अहिलेसम्म ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण #Hivaidsday2022
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ लक्ष्मी देवकोटा

काठमाडौं, १५ मंसिर २०७९

नेपालमा सन् २०२१ को अन्त्यसम्ममा ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान गरिएको छ। एड्स अन्त्यका लागि एचआईभी कार्यक्रममा अर्बौ रकम खर्च भएपनि गत वर्ष मात्र ५१० जना एचआईभी संक्रमितको एड्सका कारण मृत्यु भएको पाइएको छ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार सन् २०२१ मा मात्रै नेपालमा एक करोड ७५ लाख अमेरिकी डलर अर्थात २ अर्ब २९ करोड ३७ लाख ६९ हजार ७५० नेपाली रुपैयाँ राष्ट्रिय एचआईभी कार्यक्रमका लागि खर्च भएको छ।

जसमा २४ प्रतिशत नेपाल सरकारले लगानी गरेको थियो। अर्थात ५५ करोड ५ लाख ४ हजार ५०० नेपाली रुपैयाँ नेपाल सरकारले राष्ट्रिय एचआईभी कार्यक्रमका लागि खर्च गरेको छ। बाँकी रकम भने दातृ निकायले उपलब्ध गराएका हुन्। गत वर्ष मात्र राष्ट्रिय एचआईभी कार्यक्रमका लागि नेपालमा २ अर्व भन्दा बढी खर्च भएको पाइएको छ।

नेपालमा हरेक दिन २ जना मानिस एचआईभी संक्रमित हुने गरेको केन्द्रले जनाएको छ। सन् २०२१ म मात्रै ६८० जना व्यक्तिमा एचआईभीको नयाँ संक्रमण भएको अनुमान गरिएको छ। सन् २०२१ मा ४५ जना जन्मेदेखि १४ वर्षसम्मका बालबालिका एचआईभी संक्रमित रहेको केन्द्रको अनुमान छ।

Free HIV Testing by AIDS Healthcare Foundation Nepal
Free HIV Testing by AIDS Healthcare Foundation Nepal

केन्द्रका अनुसार सन् २०२१ को अन्त्यसम्म नेपालमा २१ हजार ७२३ जना संक्रमितले एन्टीरेट्रोभाइरल (एआरभी) उपचार लिइरहेका छन्। केन्द्रकै अनुसार नेपालभर ३० हजार संक्रमित रहेको अनुमान गरिएको छ। यस आधारमा हेर्दा अझै ८ हजार २ सय ७७ जना संक्रमित कहाँ छन् भन्ने विषयमा केन्द्र नै बेखबर छ। उनीहरुको खोजी र उपचारमा खर्च गर्नुपर्ने केन्द्रले वार्षिक सवा दुई अर्ब रकम कहाँ कसरी केमा खर्च गरिरहेको छ भन्ने विषयमा पनि प्रश्न उठ्न थालेको छ।

कुल एचआईभी संक्रमित मध्ये ७२ प्रतिशतले मात्र एआरभी उपचार लिइरहेको केन्द्रको तथ्यांक छ। यो तथ्यांक अनुसार नेपालमा २८ प्रतिशत एचआईभी संक्रमित अझै उपचारको पहुँच बाहिर रहेका छन्।

नेपालमा सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हासिल गर्न ९५ः९५ः९५ अर्थात ९५ प्रतिशत एचआईभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, ती मध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुच हुने र ती औषधि खानेहरु मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार अर्थात भाइरल लोड न्यून भएको हुने र एचआईभीको जाँच र उपचारको रणनीतिमा आधारित भएर एचआईभी तथा एड्स सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको केन्द्रले जनाएको छ।

यसको अर्थ एक वा सो भन्दा बढी एचआईभी सर्नसक्ने जोखिममा रहेका समूहमा एचआईभी संक्रमण दर ५ प्रतिशत भन्दा बढी छ। यस्तै सामान्य जनसंख्या वा पूर्व प्रसूति सेवा लिएका गर्भवती महिलाहरुमा एचआईभी संक्रमण दर १ प्रतिशत भन्दा कम हुनु हो।

केन्द्रका अनुसार एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समूहहरु सुईद्धारा लागूपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिगीं तथा तेस्रोलिगींहरु र रोजगारीका बिदेशिनेहरु छन्। यी मध्ये सुईद्धारा लागूपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीहरुमा संक्रमदर अरु जोखिम समूहभन्दा उच्च छ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Hiv AIDS
Nisarga hospital Dhangadhi
Previous Post

झडपमा घाइते भएका नगरप्रहरीको नर्भिक अस्पतालमा निशुल्क उपचार हुँदै #Norvichospital

Next Post

नेपाल चिकित्सक संघको निर्वाचन माघमा हुने #Nepalmedicalassocation

Related articles

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले देशभर प्रशिक्षण कार्यक्रम गर्दै
News

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले देशभर प्रशिक्षण कार्यक्रम गर्दै

1 day ago
787
क्यान्सर सचेतना सम्बन्धि नि-शुल्क स्वास्थ्य शिविर हुँदै
News

क्यान्सर सचेतना सम्बन्धि नि-शुल्क स्वास्थ्य शिविर हुँदै

2 days ago
832
इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२५’  भाद्र २० बाट सुरु हुँदै
News

इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२५’  भाद्र २० बाट सुरु हुँदै

4 days ago
788
नेपाल फार्मेसी संघ बर्दियाको अध्यक्षमा पौडेल चयन
News

नेपाल फार्मेसी संघ बर्दियाको अध्यक्षमा पौडेल चयन

5 days ago
790
मुटु रोग उपचारका लागि राप्ती प्रतिष्ठान र गंगालाल अस्पातलबीच सहकार्य
News

मुटु रोग उपचारका लागि राप्ती प्रतिष्ठान र गंगालाल अस्पातलबीच सहकार्य

5 days ago
791
त्रि.वि. जनस्वास्थ्य केन्द्रीय विभागको सातौं वार्षिकोत्सव उत्साहपूर्वक सम्पन्न
News

त्रि.वि. जनस्वास्थ्य केन्द्रीय विभागको सातौं वार्षिकोत्सव उत्साहपूर्वक सम्पन्न

6 days ago
893
Next Post
डा. साहको पक्राउ पुर्जी खारेज गरी दोषीमाथि कारबाही गर्न नेपाल चिकित्सक संघको माग

नेपाल चिकित्सक संघको निर्वाचन माघमा हुने #Nepalmedicalassocation

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Budhanilkantha Nagarpalika Haija Awareness
Budhanilkantha Nagarpalika Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,227)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...