मकवानपुर, २ साउन २०८१
हेटौँडा अस्पतालले ठूलो संख्यामा स्वास्थ्य कर्मचारी माग गरेको छ ।
मंगलबार सूचना जारी गरी अस्पतालले करार सेवामा चिकित्सक स्वास्थ्यकर्मी माग गरेको हो । विभिन्न विधाका गरी नवौँ तहका १० जना विशेषज्ञ चिकित्सक माग गरेको हो । आठौँ तहमा २३ जना मेडिकल अफिसर र १ जना होमियोप्याथी चिकित्सक गरी २४ जना मागिएको छ । विभिन्न विषयमा गरी सातौँ तहमा ८ जना स्वास्थ्यकर्मी मागिएको छ ।
६० जना स्टाफ नर्ससहित पाचौँ तहमा ९९ जना कर्मचारी अस्पतालले मागेको छ । भने चौथो तहमा २ जना मागिएको छ । सबै गरी १४३ कर्मचारी माग गरिएको छ ।
योग्यता पुगेका इच्छुकलाई साउन १ गतेको १५ दिनभित्र आवेदन दिन भनिएको छ । आवेदन शुल्क नवौँ तहका लागि २२०० रुपैयाँ, आठौँ र सातौँ तहका लागि १२००, पाचौँका लागि ७०० र चौथो तहका लागि ५०० तोकिएको छ।