Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सरकारले हिमोफिलियाका बिरामीको लागि बजेट विनियोजन नगर्दा समस्यामा

Nam Raj Bhatta by Nam Raj Bhatta
April 5, 2024
in News
Reading Time: 1 min read
A A
0
सरकारले हिमोफिलियाका बिरामीको लागि बजेट विनियोजन नगर्दा समस्यामा
589
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २३ चैत, २०८०

सरकारले हिमोफिलियाका बिरामीहरुको लागि बजेट विनियोजन नगर्दा बिरामीहरु समस्यामा परेका छन् ।

नेपालमा करिव ८४ प्रतिशत  हिमोफोलियाका बिरामीहरु उपचारको पहुँच भन्दा बाहिर रहेको पनि तथ्यांकले देखाएको छ।

वि.स. २०७८ को राष्ट्रिय जनगणनाले ४ हजार ९३७ जना रक्तस्रावका बिरामी भएको उल्लेख गरे पनि तिनिहरु उपचारकालागि अस्पताल सम्म आउन सकेका छैनन्।

हिमोफिलिया सोसाइटीलेले आफ्नो ३१ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा यस्तो तथ्यांक प्रस्तुत गरेका हुन्। Hemopholia

हिमोफिलिया सोसाइटीका अध्यक्ष मुकुन्दमणि घिमिरेले पत्रकार तथा सरोकालवालाहरुसँग अन्तरकृया कार्यक्रम गर्दै उपचारको पहुँचमा हालसम्म ८१४ जना (१६.४८ प्रतिशत) मात्र आएका छन् सरकारले जनगणना भनेका करिव ५ हजार बिरामी उपचारको पहुचँमा नाअएको बताए।

अध्यक्ष घिमिरेले हिमोफिलियाका उपचार महङ्गो हुँनाले धेरै बिरमी उपचारको पहुँचमा नपुगेको बताए।

रगत जमाउने आवश्यक तत्व (क्लटिङ फ्याक्टर) को कमिको कारणले लामो समयसम्म रक्तस्राव भइरहने अवस्थालाई हिमोफिलिया भनिन्छ। हिमोफिलिया एक बंशाणुगत समस्या हो भनेर पनि चिनिन्छ।Dr. Niraj singh 1

वीर अस्पतालका रक्तरोग तथा रक्तक्यान्सर विशेषज्ञ डा. निरज कुमार सिंहले मानव शरीरमा हुने रगतको १३ वटा तत्वमध्ये कुनै एउटा तत्वको कमीको कारण हिमोफिलिया हुने बताए।

डा. सिंहका अनुसार यो वंशाणुगत कोषमा उत्परिवर्तन भएर पनि हुन्छ। दुई तिहाई बंशाणुगतबाट हुन्छ भने एक तिहाई उत्परिवर्तनबाट हुन्छ भन्ने विश्वका विभिन्न देशमा गरिएका अध्ययनहरुले देखाएको छ।

डा. सिंहले एक पटक हिमोफिलियाका विरामीलाई उपचार गर्दा २५ हजार रुपिायँ लाग्ने गरेकोले सर्वसाधरण विरामीको उपचारमा पहुँच नभएको बताए ।

डा. सिंहले भने, ‘हामी जस्ता गरिवी देशका जनताले उपचार गर्न सक्दैनन्। सरकारले कुनै न कुनै तरिकाले उपचारमा सहयोग गर्नुपर्दछ।’Mukunda

परीक्षण तथा उपचारमा लाग्ने ठूलो खर्च र राज्य पक्षबाट आवश्यकता अनुसारको बजेट विनियोजन नहुँदा हिमोफिलिया प्रभावित व्यक्तिहरुको अवस्था भने दयनीय हुँदै गएको डा. सिंहको भनाई छ।

डा. सिंहले हिमोफिलियाका विरामीको पहिचान गरेर उपचारमा ल्याउनुपर्ने बताए। उनले राज्य अभिभावक बनेर विरामीको उपचारमा सहयोग गर्नुपर्ने भनाई राखे। “एकपटक शरीरबाट रगत बग्यो भने कम्तिमा उपचार गर्नका लागि २५ हजार रुपियाँ लाग्ने गर्दछ” उनले भने,’त्यसैले यो रोगको महङ्गो उपचार भएकोले राज्यले नै उपचारमा सहयोग गर्नुपर्दछ।’

विश्व हेमोफिलिया सोसाइटिका सदस्य समेत रहेका रगत रोग विशेषज्ञ डा. विशेष पौडेलले हेमोफिलियाका बिरामीलाई अत्यन्तै प्रभावकारी मानिएको जीन थेरापी उपचार विधि सुरु गर्ने योजना रहेको बताए।

वीर अस्पतालकी वंशाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुरले बंशाणुगत रोेग आफैमा जटिल रहेको भन्दै सरकारको हिमोफिलियाका विरामीलाई सहयोग गर्नुपर्ने बताइन्। डा. ठाकुरले १४ हप्ताको गर्भवती महिलाको पाठेघरबाट पानी निकाली जाँच गर्दा पनि भविस्यमा जन्मिने बच्चामा समस्या हुन सक्छ कि सक्दैन भनेर थाहा हुने भन्दै सरकारले यसका लागि सहजीकरण गर्ने नीति बनाउनु पर्ने बताइन्।

हिमोफिलिया प्रभावित व्यक्तिहरु चोटपटक लाग्न सक्ने स्थानबाट जोगिनु पर्छ। शरीरमा रगत जमाउने आवश्यक तत्वमध्ये कुनै तत्वको मात्रा १ प्रतिशतभन्दा कम भएका गम्भिर हिमोफिलिया, एक देखि पाँच प्रतिशतसम्म भएमा मध्यम हिमोफिलिया र पाँच प्रतिशतभन्दा माथि भएका अल्प हिमोफिलिया भनिन्छ।

Tags: #government of NepalDr. Niraj Kumar SinghWorld Hemophilia Day 2024
SummarizeShare237ScanTweet147

Related articles

जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य

जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य

by Nam Raj Bhatta
July 25, 2026
0

नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित संयुक्त कन्टिन्युइङ मेडिकल एजुकेसन (सीएमई) कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक आयोजित...

आमा र शिशुको जीवन बचाउन सफल अर्को प्रेरणादायी प्रयास

आमा र शिशुको जीवन बचाउन सफल अर्को प्रेरणादायी प्रयास

by Nam Raj Bhatta
July 25, 2026
0

बुर्तिबाङ अस्पतालबाट प्रसूति पश्चात् अत्यधिक रक्तस्राव (Postpartum Hemorrhage) भई जटिल अवस्थामा रेफर भई आउनुभएकी एक सुत्केरीको धौलागिरि प्रादेशिक अस्पतालमा सफलतापूर्वक उपचार गरिएको छ। अस्पताल आइपुग्नेबित्तिकै विशेषज्ञ चिकित्सक तथा...

महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने : काठमाडौँ महानगरपालिकाबाट अर्थोपेडिक इम्प्लान्ट प्रदान

महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने : काठमाडौँ महानगरपालिकाबाट अर्थोपेडिक इम्प्लान्ट प्रदान

by Nam Raj Bhatta
July 25, 2026
0

काठमाडौं महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपियाँ लागत बराबरका अर्थोपेडिक इम्प्लान्ट उपलब्ध गराएको छ । महानगरबासी र विपन्न तथा वेवारिसे विरामीलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले आज...

निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत

by Nam Raj Bhatta
July 25, 2026
0

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि परेका आवेदनमध्ये १३ जनाको आवेदन स्वीकृत भएको छ। बोर्डको कार्यकारी निर्देशक पदपूर्ति सिफारिस समितिले शुक्रबार सूचना प्रकाशित गर्दै २०८३ असार...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    834 shares
    Share 334 Tweet 209
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    696 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    677 shares
    Share 292 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    639 shares
    Share 256 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    691 shares
    Share 308 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य
  • आमा र शिशुको जीवन बचाउन सफल अर्को प्रेरणादायी प्रयास
  • महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने : काठमाडौँ महानगरपालिकाबाट अर्थोपेडिक इम्प्लान्ट प्रदान
  • स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  • नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.