रुपन्देही, ११ पुस २०८२
नेपाल स्वास्थ्यकर्मी संघको आठौँ केन्द्रीय महाधिवेशनबाट दीपकराज भट्ट केन्द्रीय अध्यक्षमा निर्विरोध भएका छन् । सम्पन्न महाधिवेशनले दीपकराज भट्टको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो । निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध चयन भएका हुन।
महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विश्व बन्धु विनायी चयन भएका छन् भने उपाध्यक्षहरूमा मिना श्रेष्ठ, बसन्त कुमार आचार्य, हरिहर तिवारी, रमेश दाशौदी, हर्क बहादुर खड्का, मुरारी आचार्य, शारदा कुमारी यादव, केदारनाथ शाह र कमल नारायण चौधरी रहेका छन् ।
यसैगरी महासचिवमा विष्णु लामिछाने, उपमहासचिवमा दिलेन्द्र श्रेष्ठ, जगेन्द्र मण्डल, डबल बहादुर बिसी, निखिल पोखरेल र अनिल सेन ठकुरी निर्वाचित भएका छन् । कोषाध्यक्षमा सुरेश दवाडी, सचिवहरूमा चिरञ्जीवी पाण्डे, मदन पोखरेल, प्रतिभा सिंह र तारा बहादुर बस्नेत चयन भएका छन् ।
यस्तै सदस्यहरूमा गणेश प्रसाद नेपाल, प्रमोद प्रसाद कश्यप, पुनम कुमारी शाह, गजेन्द्र बहादुर थापा, इन्द्रा लोहनी, विष्णु प्रसाद खनाल, सुजता भट्टराई, लक्ष्मणनाथ योगी, बम प्रसाद भट्ट, अनिल कुमार शाह, रमेश कुमार खनी, हरि प्रसाद जैसी, प्रदीप योगी, मिना कुमारी काकी, होमनाथ सुवेदी, दिपेन्द्र कुमार सिंह, गंगा सेनी, गणेशराज पौडेल, सिताराम चौधरी, लोक प्रकाश रोकाय, नवराज खड्का, विष्णु प्रसाद शर्मा, आलोक कुमार चौधरिया, हिरालाल शाह, रोषण श्रेष्ठ र धुर्वराज भिमिरे छन् ।
नयाँ नेतृत्वले स्वास्थ्यकर्मीहरूको हकहित, पेशागत सुरक्षा, सेवा सुविधा तथा गुणस्तरीय स्वास्थ्य सेवाका लागि सशक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।















