स्वास्थ्य क्षेत्रमा नमुना प्रदेश बनाउनको लागि सुदूरपश्चिम प्रदेशले १७ वटा मापदण्ड तय गरेको छ। संघियता पश्चात नेपाललाइ सात वटा प्रदेशमा विभाजन गरिएको छ । सात वटा मध्ये सुदूरपश्चिम प्रदेश सुदूरपश्चिम मै अवस्थित रहेको छ । साविकको सुदूरपश्चिम बिकास क्षेत्रका नौ वटा जिल्ला लाई नै समाबेश गरि सुदूरपश्चिम प्रदेशको भूगोल निर्धारण भएको छ । शिक्षा, स्वास्थ्य , यातायात र संचार लगायतका बिकासका अन्य पूर्वाधारमा पछाडी पारिएको प्रदेशमा २०७५ साल साउन महिनामा डा. गुणराज अवस्थीले प्रदेश स्वास्थ्य निर्देशकको जिम्मेवारी सम्हाले पछी भने स्वास्थ्यका सकारात्मक सूचकांकहरु माथि उकास्न र नकारात्मक सूचकांक घटाउन सफल भएको छ ।
माघ ३ देखि ०४ गते सम्म धनगढीमा अछाम र बाजुरा जिल्लाका बिभिन्न पालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी हरुको लागि दुई दिने स्वास्थ्य कार्यक्रमहरुको योजना तर्जुमा कार्यक्रममा स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक डा. गुणराज अवस्थीले उक्त कुरा बताउनु भएको हो । आफुले सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशकको जिम्मेवारी सम्हाले पछी प्रदेशलाई सदैब एक नम्बरमा रहने गरी आफुले काम गरि रहेको र मातहतका स्वास्थ्य निकाय र पालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुले पनि सोहि अनुसार स्वास्थ्य क्षेत्रको प्रगतिको लागि काम गर्नु पर्ने कुरामा जोड दिएका छन् ।
स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक डा. गुणराज अवस्थी
स्वास्थ्य क्षेत्र बिशाल कार्यक्षेत्र भएको क्षेत्र हो यसको कुनै एक पक्ष छैन, एक पक्षको मात्र बिकासले स्वास्थ्य क्षेत्रको प्रगति हुन् नसक्ने र स्वास्थ्यका सबै पहलुको बिकासले मात्र सकारात्मक स्वास्थ्य सूचकांक माथि बढ्ने र नकारात्मक स्वास्थ्य सूचकांक घटाउन सकिन्छ । सुदूरपश्चिम प्रदेशले नमुना स्वास्थ्य प्रदेश बनाउने अभियान समेत थालेको छ नमुना स्वास्थ्य प्रदेश बन्नको लागि हरेक पालिकाले निम्न उल्लेखित १७ वटा मापदण्ड पुरा गर्नु पर्ने हुन्छ ।
सुदूरपश्चिम प्रदेश अन्तर्गतका सबै ८८ वटै पालिका हरुले यी १७ वटा मापदण्ड पुरा गरेमा मात्र सुदूरपश्चिम प्रदेश नमुना प्रदेश बन्ने भएकोले सबै स्थानीय तहले उक्त मापदण्ड पुरा गर्न स्थानीय तहबाट योजना बनाउनु पर्ने र सोहि योजना बनाउन स्वास्थ्यकर्मीहरुको क्षमता अभिबिर्धिको कार्यक्रम तय गरिएको कुरा स्वास्थ्य निर्देशनालय राजापुर डोटीमा कार्यरत जन स्वास्थ्य अधिकृत ओम प्रकाश जोशीले बताउनु भएको छ ।
नमुना स्वास्थ्य प्रदेश बन्नका लागि यस्ता छन् सुदूरपश्चिम प्रदेशका १७ वटा मापदण्ड
१. स्वास्थ्य संस्था हरुमा स्वास्थ्य कर्मी हरुको उपलब्धता १०० %
२. स्वास्थ्य संस्था हरुमा औषधिको उपलब्धता १००%
३. खोप पाएका बच्चा हरु १००%
४. गर्भवती जांच भएका महिला हरु १००%
५. संस्था गत सुत्केरी १००%
६.परिवार नियोजन सेवा पाएका दम्पतीहरु ६० %
७.धूम पान मुक्त कार्यालय १००%
८.सफा पानी को उपलान्धता घरधुरी १०० %
९.सफा चर्पी को उपलब्धता घर धुरी १००%
१०.किशोर किशोरी उमेरमा बिवाह हुने दम्पति ००%
११.खेल खेल्ने ब्यबस्था भएका बिद्यालय १००%
१२.धुवा रहित चुलो प्रयोग गर्ने घर हरु १००%
१३.कुपोषित बच्चा कडा कुपोषित ००%
१४.स्वास्थ्य आमा समुहको सक्रिय सहभागिता भएको १००%
१५.आयोडिन युक्त उनको प्रयोग गर्ने घर धुरी १००%
१६. क्षयरोग , मलेरिया , कुष्ठरोग निवारण प्रदेश १००%
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले आज आफ्नो कार्यकालमा सम्पादन भएका प्रमुख कार्यहरूको 'प्रगति प्रतिवेदन' सार्वजनिक गरेकी छिन्। 'जेन-जी' आन्दोलन पश्चात् सरकारको नेतृत्व सम्हालेकी डा. शर्माले चुनौतीपूर्ण समयमा...
ललितपुरस्थित किष्ट मेडिकल कलेज एवम् शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपणसम्बन्धी अध्ययन अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने भएको छ । स्विट्जरल्यान्डको जेनेभा मा मे ६ देखि ९ सम्म आयोजना हुने...
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले एमआरआई सेवाको सञ्चालनमा आएको छ । शुक्रबार अस्पतालको ११६ औँ बार्षिकोत्सवका अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उक्त सेवाको उद्घाटन गर्नु भएको थियो...
जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा आएको छ। विगत लामो समयदेखि कालिकोट जिल्ला अस्पतालबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा आएको...