काठमाडौं, २१ पुस २०७९
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहको निर्देशनमा आपुर्ति व्यवस्थापन महाशाखाका निदेशक डा. सर्भेश शर्माले सुदुरपश्चिम प्रदेशको दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान भेन्टिलेटर हस्तान्तरण गरेको छ।
सोमबार व्यवस्थापन महाशाखाकाको कार्यालयमा स्वास्थ्य केन्द्रका अध्यक्ष एबं दोधारा चाँदनी नगरपालिकाका नगर प्रवक्ता ओम बस्नेतलाई उक्त भेन्टिलेटर हस्तान्तरण गरेको हो।
दोधारा चाँदनी नगरपालिकाका वडा नं ६ का अध्यक्ष समेत रहेका बस्नेतले अब दोधरा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा माइनर अपरेशनका गर्भवती महिलाहरूको अप्रेशन समेत हुने जानकारी दिनुभयो।
बस्नेतका अनुसार यस प्राथमिक स्वास्थ्य केन्द्रले नै नगरस्तरीयको अस्पताल जस्तै भएर उक्त सेवा दिइरहेको र अन्तरङ्ग सेवा शुरु भएको जानकारी गराउनु भयो। अगामी दिन यस स्वास्थ्य केन्द्रलाई ५० शैयाको अस्पताल पनि बनाउने योजना भएको र बल्ड बैंक बनाउने निर्णय भएर कामहरु अगाडि बढीरहेको जानकारी दिनुभयो।