काठमाडौं, २२ असोज २०८१
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि श्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गर्नु भएको छ।
दक्षिण एशिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रुपमा रहेको भन्दै मन्त्री पौडेलले यस क्षेत्रमा बढ्न सक्ने स्वास्थ्य समस्यासँग जुध्न श्रोतको अभाव प्रमुख समस्या रहेको बताए।
भारतको नयाँ दिल्लीमा सञ्चालित दक्षिण एशिया क्षेत्रको बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री पौडेलले भने, ‘दक्षिण एसिया जनसांख्यिक हिसाबले पनि जोखिम क्षेत्रमा छ । श्रोत अभावमा साझा स्वास्थ्य समस्यासँग लड्न समस्या देखिएको छ ।
स्वास्थ्यमन्त्री पौडेलले नेपालको समस्या पनि दक्षिण एशियाको साझा समस्यासँग जोडिएको भन्दै आफ्नो श्रोत वृद्धिका लागि पनि लाग्ने प्रतिबद्धता जनाउनु भयो । पौडेलले भने, हामी हाम्रा देशका स्वास्थ्य संकटसँग लड्न आफैं पनि श्रोत बढाउने प्रयास गरिरहेका छौं।
संगठन सदस्य रहेका दक्षिणपूर्वी एसियाली राष्ट्रका स्वास्थ्य मन्त्री र संगठनका उच्च अधिकारी बैठकमा उनले सबै सदस्य राष्ट्रहरुले आन्तरिक श्रोत थप गर्नुपर्ने पौडेलले बताउनुभयो। बैठकका क्रममा मन्त्री पौडेलले संगठनका दक्षिणपूर्वी एसिया निर्देशक सइमा वाजेदसँग भेट वार्ता गरेका थिए ।
मन्त्री पौडेलले नेपाल स्वास्थ्य बीमा सुधार गर्दै नागरिकको आधारभूत स्वास्थ्य उपचारको हक बलियो बनाउन लागि परेको भन्दै संगठनबाट नीतिगत सहयोग र साथको अपेक्षा गरेको बताए ।
पौडेलले संगठन र नेपालका कतिपय स्वास्थ्य प्राथमिकता साझा भएको भन्दै नेपालका आधारभूत समस्या समाधानमा संगठनसँग सहकार्य निरन्तर जारी राख्ने प्रतिबद्धता पनि जनाए।