नेपाल स्वास्थ्य व्यवसायी परिषद्को निमित्त रजिष्ट्रारको जिम्मेवारी रविकान्त मिश्रलाई दिएका छन् । परिषदको रजिष्टार लिलानाथ भण्डारीको चार वर्षे कार्यकाल सकिए पछि मिश्रलाई जिम्मेवारी दिइएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले गत ६ चैतमा मन्त्रीस्तरीय निर्णय गर्दै मिश्रलाई अर्को व्यवस्था नभएसम्म कामकाज गर्ने गरी रजिष्ट्रारको जिम्मेवारी दिने निर्णय गरेकी थिईन ।
स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखामा कार्यरत मिश्रले बुधबार परिषदमा पुगेर रजिष्टारको जिम्मेवारी सम्हालेका छन् ।







