काठमाडौं, १८ पुस २०८२
नेपाल स्वास्थ्य व्यवसायी परिषदले माघ १८ गते गर्न लागेको निर्वाचन स्थगित गरेको छ।
परिषदमा चार सदस्य पदका लागि हुन लागेको निर्वाचन विशेष कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।
नेपाल स्वास्थ्यकर्मी संघ, स्वास्थ्य कर्मचारी युनियन लगायत विभिन्न संघले यस अघि परिषद्को निर्वाचन कार्यतालिकाप्रति आपत्ति जनाउँदै स्थगित गर्न माग गरेको थियो। तृतीय तहमा दर्ता भएका स्वास्थ्यकर्मीहरुलाई उम्मेदवार हुनबाट बञ्चित गराइएको भन्दै उनीहरुले आपत्ति जनाउँदै आएका थिए।
व्यवसायी परिषद्ले जनस्वास्थ्य, चिकित्सा, निदान तथा पुनस्थापना र विविधि विषय समूहबाट एक एक जनाको प्रतिनिधित्व हुने गरी चार सदस्य पदका लागि निर्वाचन गर्न लागेको हो।













