सिन्धुपाल्चोक, १८ असार २०८२
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको सहयोगमा जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रमा एक दिने मोतिबिन्दुको निशुल्क शल्यक्रिया शिविर सम्पन्न भएको छ।
असार १५ र १६ गते गरेको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया शिविरमा बलेफी गाउँपालिका र जुगल गाउँपालिका गरी जम्मा ३५ जना बुबा आमाहरुको सफल शल्यक्रिया भएको जनस्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाइले बताइन।
मोतिबिन्दु शल्यक्रियाको लागि तिलगंगा आँखा अस्पतालबाट चिकित्सक टोलीको सहभागिता रहेको थियो।