काठमाडौं, २५ जेठ २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा योजना शाखा प्रमुखमा स्वास्थ्यमन्त्रीका निजी सचिव भक्त राज जोशीलाई जिम्मेवारी दिइएको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले मन्त्रीस्तरीय निर्णय गर्दै जोशीलाई उक्त शाखाको जिम्मेवारी दिएका हुन् ।जोशीलाई मन्त्रीको निजी सचिवालयसँगै मन्त्रालयको महत्वपूर्ण शाखाको समेत गरी दोहोरो जिम्मेवारी दिइएको हो ।
यसअघि उक्त शाखा प्रमुखमा राजेश पन्थी हुनुहुन्थ्यो । पन्थीलाई गुणस्तर महाशाखामा सरुवा गरिएको छ ।
यस्तै, गुणस्तर महाशाखाका प्रमुख रहेका उपसचिव एकदेव खनाललाई जिल्ला समन्वय समितिका सरुवा भएको छ । स्वास्थ्य मन्त्रालयको नीति तथा योजना शाखा महत्वपूर्ण मानिन्छ । बजेट तर्जुमादेखि परिचालनसम्मका काम यो शाखाले हेर्ने गर्छ ।
यस अघि पनि सो मन्त्रालयमा जोशीले योजना र बजेटिङको क्षेत्रमा काम गरिसकेका छन् ।