आज मिति : २०८२ माघ १७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

पुनर्जन्म’ हेरेपछि स्वास्थ्यमन्त्री बस्नेतले भने, वृतचित्र चेतनामूलक छ

Nam Raj Bhatta by Nam Raj Bhatta
July 29, 2023
in News
A A
0
पुनर्जन्म’ हेरेपछि स्वास्थ्यमन्त्री बस्नेतले भने, वृतचित्र चेतनामूलक छ
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १३ साउन २०८०

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले निर्माण गरेको अंगदान र अंग प्रत्यारोपण सम्बन्धि चेतनामूलक बृत्तचित्र ‘पुनर्जन्म’ प्रदर्शन गरिएको छ ।

शुक्रबार राजधानीको कुमारी हलमा आयोजित एक समारोहबिच स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा उक्त वृतचित्र प्रदर्शन गरिएको हो । १५ मिनेट लामो उक्त वृत चित्रको निर्देशन सराना श्रेष्ठले गरेकी हुन । सराना वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी सुपुत्री हुन । Mohan basnet 11 1

समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले स्वस्थ्य समाज निर्माणका लागि उपचारात्मक सेवाले मात्र संभव नहुने भएकाले रोग लाग्नै नदिन यस किसिमका जनचेतना जगाउने वृत चित्रहरुले पनि ठूलो भूमिका खेल्ने बताए । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्यारोपणको क्षेत्रमा उल्लेखनिय काम गरिरहेको स्मरण गर्दै यसको सेवा देश भरि बिस्तार गर्न र तत्काल विरामीको चापको आधारमा डाइलासिस मेसिनको संख्या थप्न मन्त्रालयले पहल गर्ने बताए ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले नरम भएर मात्र नहुने अवस्था आएको बताउदै काम नगर्ने र खटाएको ठाउँमा नजाने चिकित्सक र स्वास्थ्यकर्मीलाई कडा कारवाही गर्न पनि आफु पछि नपर्ने मन्त्री बस्नेतले बताए । आफुले २ महिनाको छोटो समयमा विपन्नका लागि ३५ सय शैया निशुल्क गरेको, सबै अस्पतालका १० प्रतिसत शैया विपन्नका लागि निुशल्क गरेको, वीरमा ओपिडी बिहान ८ बजेदेखि सुरु गरेको लगायतका काम गरेको बताउदै सबैको सहयोग भए २ वर्ष भित्र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरेर देखाउने बताए ।

वृत चित्र निर्माणको आवश्यकतामाथि प्रकाश पार्दै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्युपछिको अंगदानबारे भ्रम हटाउन, अंगदानका बारेमा उत्प्रेरणा जगाउन विभिन्न माध्यमहरुको प्रयोग गर्ने क्रममा बृत्तचित्र समेत बनाइएको बताए । उनले बृत्तचित्रले अंग फेल हुने अवस्था, अंगदानको महत्वको बारेमा सरल ढंगबाट आम सर्वसाधारणलाई बुझाउन सहज हुने बताए ।Dr. Pukar Chandra Shrestha 1 1

बृत्तचित्रमा नेपालमा अंगफेल हुने अवस्था के छ ? मस्तिष्क मृत्युपछिको अंगदान र प्रत्यारोपणको अवस्था, मस्तिष्क मृत्युपछि पाएको अंगबाट प्रत्यारोपण गरेका र पर्खाइमा रहेका व्यक्तिहरुसंगको अन्तरसम्वाद मार्फत आम जनमानसमा मस्तिष्क मृत्युपछिको अंगदान र अंग प्रत्यारोपणबारे बुझाउने कोशिस गरिएको छ ।

बृत्तचित्रका निर्देशक सराहाना श्रेष्ठले मस्तिष्क मृत्युपछिको अंगदान कार्यमा अपेक्षाकृत मानिसहरुको सहभागिता नबढी रहेको र यसको एउटा मुख्य कारण जचनेतनाको अभाव हुनु हो भन्दै त्यसलाई चिर्नका लागि बृत्तचित्र सहयोगी हुने विश्वास व्यक्त गरिन् ।

मन्त्रालयका सचिव देवकुमारी गुरागाईँले मस्तिष्क मृत्युपछिको अंगदान सम्वन्धी कार्यलाई अभियानको रुपमा देशव्यापी रुपमा फैलाउनु पर्ने भन्दै यसका लागि मन्त्रालयले आवश्यक कार्य गर्ने बताईन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले ८ वर्ष लगाएर मस्तिष्क मृत्युपछिको अंगदान सम्वन्धी नीति बनाएको भन्दै त्यसको कार्यान्वयन आजको आवश्यकता भएको बताए । कार्यक्रममा वरिष्ठ कलाकारहरु, चिकित्सकहरु, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा महजोडीले पनि अंगदानका बिषयमा चर्चा गरेका थिए ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr. Pukar ShresthaShahid Dharmabhakta National Transplant Center
Previous Post

स्वास्थ्य मन्त्री बस्नेतद्वारा दक्षिणकाली नगर अस्पताल उदघाटन

Next Post

कैलाली र कञ्चनपुरमा आँखामा समस्या गराउने कन्जक्टिभाइटिस भाइरस फैलियो

Related articles

धौलागिरी अस्पतालले स्वास्थ्य सेवामा फड्को मार्दै:  स्वास्थ्यमन्त्री डा. सुधा
News

धौलागिरी अस्पतालले स्वास्थ्य सेवामा फड्को मार्दै:  स्वास्थ्यमन्त्री डा. सुधा

2 days ago
1.6k
ॐ हस्पिटलमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला सम्पन्न
News

ॐ हस्पिटलमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला सम्पन्न

2 days ago
1.6k
मेडिकल काउन्सिल निर्वाचनका लागि तोकियो २१ स्थानमा मतदान केन्द्र
News

चिकित्सक लाइसेन्ज परीक्षामा ६० प्रतिशल फेल

3 days ago
1.6k
महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी नियुक्त
News

महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी नियुक्त

3 days ago
1.7k
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं वार्षिकोत्सब सम्पन्न
News

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं वार्षिकोत्सब सम्पन्न

4 days ago
1.6k
नेपालमै पहिलोपटक ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु
News

नेपालमै पहिलोपटक ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु

4 days ago
1.6k
Next Post
कैलाली र कञ्चनपुरमा आँखामा समस्या गराउने कन्जक्टिभाइटिस भाइरस फैलियो

कैलाली र कञ्चनपुरमा आँखामा समस्या गराउने कन्जक्टिभाइटिस भाइरस फैलियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Bhageshwor Gaun palika awareness
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (132)
  • Disease (106)
  • English (51)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,426)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...