बालेन्द्र शाहको नेतृत्वको सरकारमा निशा मेहता स्वास्थ्य तथा खानेपानीमा नियुक्त भएकी छन् ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो क्याबिनेटमा निशालाई उक्त पदमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुको अहिले शितलनिवासमा सपथ भएको छ। सुनसरी इनरुवाकी ३८ वर्षीया निशा रास्वपामा समानुपातिकबाट सांसद बनेकी हुन् ।
मेहताले भारतको ग्वालियर युनिभर्सिटीमा नर्सिङमा स्नातकोत्तर गरेकी छन् । इनरुवा इंग्लिस बोर्डिङ स्कुलकी उत्पादन उनले केही समय विराट नर्सिङ होममा समेत काम गरेकी थिइन् । उनी सुरुदेखि नै रास्वपामा आवद्ध भएर सक्रिय थिइन्।







