काठमाडौं, २५ भाद्र २०८२
जेनजी समूहको आन्दोलनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आगो लगाएर पूर्ण रुपमा जलेको छ।
मंगलबार रातभरको आगलागीका कारण मन्त्रालयको मुख्य भवन पूर्णरूपमा जलेको हो।
त्यस्तैगरी मन्त्रालय परिसरमा रहेका दर्जनौ भन्दा बढी गाडीहरु जलेका छन्।
जेनजी समूहले सरकार ढलिसकेको र नेतृत्व अब आफ्नो हातमा आएको भन्दै आन्दोलन फिर्ता लिएको घोषणा गरेको छ।
यस्तै तोडफोड, लुटपाट र आगजनीमा आफ्ना सदस्य संलग्न नहुने स्पष्ट गर्दै त्यस्ता गतिविधिमा संलग्न हुनेलाई नियन्त्रणमा लिएर प्रशासनलाई बुझाउन पनि अपील गरेको छ।