काठमाडौं, २७ जेठ २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त रहेको अतिरिक्त सचिवमा डा. केशर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई सरकारले बढुवा गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका तीन जनामध्ये चिकित्सक मध्ये डा. ढकाल र डा. श्रेष्ठलाई अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
अतिरिक्त सचिवका लागि बढुवा समितिले डा. ढकाल, डा. श्रेष्ठ र डा. सुधा देवकोटाको नाम सिफारिस गरेको थियो।
डा. ढकाल प्रादेशिक अस्पताल सुर्खेतमा प्रसूति तथा स्त्री रोग विशेषज्ञको रुपमा हुनुहुन्छ भने डा. श्रेष्ठ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।
स्वास्थ्य मन्त्रालयमा चार जना अतिरिक्त सचिवको दरबन्दी रहेको छ। जसमध्ये हाल दुई वटा पद रिक्त रहेको छ।