काठमाडौं, १७ जेठ २०८२
स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारबाट सात जना नगद सहित सम्मानित भएका छन् ।
बिगतका वर्षहरुमा सुर्तीजन्य पदार्थको उपभोग न्यूनीकरणमा विविध क्षेत्रबाट योगदान गर्दै आएका ६ जनालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुरस्कार प्रदान गर्दै आइरहेको थियो । यसपटक सात जनालाई जनही रु ५० हजार र प्रमाणपत्र सहित पुरस्कृत गरिएको हो ।
शनिबार विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा विशेष समारोह गरी पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत हुनेहरूमा डा. तारासिंह बम (भाइटल स्ट्राटेजी), रुद्रलाल कडरिया (क्यान्सर परिषद् नेपाल), कल्पना आचार्य (हेल्थ टिभी अनलाइन), रामप्रसाद न्यौपाने (नेपाली हेल्थ), बुद्धि कट्टेल (मेडिकल पत्र) र पुष्प राज चौलागाईँ (अनलाइन खबर) र लक्ष्मीनारायण देव रहनुभएको छ ।
सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्युनीकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उहाँहरूलाई पुरस्कृत गरिएको हो ।
यसैगरी मन्त्रालयले विश्व सुर्तीजन्य पदार्थरहित दिवस २०२५ का अवसरमा आयोजना गरिएको सन्देशमूलक भिडियो प्रतियोगितामा चार भिडियो उत्पादकलाई प्रमाणपत्र प्रदान गरिएको थियो।