काठमाडौं, ०६ असार २०८२
स्वास्थ्य मन्त्रालयले मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) प्रस्तावित दरबन्दी संरचनामा प्रयोगशाला सेवाको दरबन्दी घटाइएकोप्रति गम्भीर आपत्ति जनाउँदै मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको छ।
मेलानका केन्द्रीय अध्यक्ष राजेन्द्र खड्काले स्वास्थ्य सेवामा कामको चाप दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको बेला प्रयोगशाला सेवाको दरबन्दी झनै घटाइएको हुँदा गुणस्तरीय स्वास्थ्य सेवा प्रभावित हुने खतरा रहेको बताए।
खड्काले प्रयोगशालामा जनशक्ति व्यवस्थापन कार्यभारको अनुपातमा हुनुपर्छ भनेर हामीले मन्त्रालयलाई ध्यानाकर्षण गराएको बताउनुभयो ।
मेलानका महासचिव रेशम अधिकारीले स्वास्थ्य सेवाको मेरुदण्डका रूपमा रहेको प्रयोगशाला सेवालाई उपेक्षा गर्नु सरकारकै नीति–नियमको विपरित रहेको बताउनुभयो । कोरोनाको महामारीमा देशभर प्रयोगशालाहरूको महत्त्व देखिएकै अवस्थामा त्यसको दरबन्दी कटौती हुनु न्यायसंगत नभएको उनको भनाइ छ।
मेलानले स्वास्थ्य सेवा सुधार गर्न विज्ञान आधारित, प्रमाणिक र दक्ष जनशक्ति व्यवस्थापनमै जोड दिनुपर्ने भन्दै मन्त्रालयसँग प्रयोगशाला सेवा क्षेत्रको दरबन्दी पुनरावलोकन गर्न माग गरेको छ।