काठमाडौं, २६ साउन २०७९
सरकारले स्वास्थ्य बीमाको समस्या समाधान गर्नका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीको अध्यक्षतामा चार सदस्य कार्यदल गठन गरेको छ ।
बिहीबार बसेको मन्त्रीस्तरीय बैठकले स्वास्थ्य बीमाको कार्यक्रमको अवस्था, चूनौती अध्ययन, विश्लेषण एंव समीक्षा गरी विद्यमान देखिएको समस्या समाधानका लागि तीन हप्ता भित्र पुष्ठपोषण सहित प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।
राज्यमन्त्री केसीसँगै स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. गुणराज लोहनी, बीमा बोर्डका सदस्य डा. सुरेश तिवारी, श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सहसचिव, स्वास्थ्य मन्त्रालयका प्रमुख औषधि व्यवस्थापक नारायण ढकाललाई जिम्मेवारी दिइएको हो ।