काठमाडौं, २५ पुस २०८२
माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमज्यूको प्रमुख अभिभावकत्वमा स्वास्थ्य बिमा सुधारको लागि राष्ट्रिय कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यशालामा आधारभूत स्वास्थ्य सेवाको सुदृढीकरण, स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता र दिगोपना तथा संघीय प्रदेश स्थानीय तहबीचको समन्वय सुदृढ गर्ने विषयमा गहन छलफल भएको छ।
यस कार्यक्रमले स्वास्थ्य बीमा प्रणालीलाई अझ समावेशी, न्यायपूर्ण र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण मार्गचित्र प्रस्तुत गरेको छ।
















