काठमाडौं, २५ असार २०८२
स्वास्थ्य बीमामा ८ प्रकारका जटिल रोग लागेका बीमितले श्रावण १ गतेदेखि बीमा बापत २ लाखको सेवा सुविधा प्राप्त गर्ने भएका छन।
मानिसमा कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले २ लाख रुपैयाँ बराबरको सेवा प्राप्त गर्ने भएका हुन।
क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छ्न।
स्वास्थ्यमन्त्री पौडेलले आफ्नो पुर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरिएको बताएक हुन।
मन्त्री पौडेलले भने ´हाम्रो पुर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं।´
पौडेलले भने स्वास्थ्य बीमालाई थप परिस्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन हामी निरन्तर प्रयत्नशील छौँ। तपाईंको रचनात्मक सल्लाह, सुझाव र प्रतिक्रिया सदैव स्वागत गर्दछौं।´ पौडेलले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत यस्तो भनेका छ्न।
हाल स्वास्थ्य बीमामा बीमितले १ लाख सम्मको सेवा प्राप्त गर्दै आइरहेका छन।